
काठमाडौं, कात्तिक ७ । यस वर्षको पद्मश्री साधना सम्मानबाट वरिष्ठ साहित्यकार डा. तारानाथ शर्मा सम्मानित भएका छन् ।
सोमलाल हरिकला लामिछाने समाजकल्याण प्रतिष्ठानले बुधबार राजधानीमा गरेको कार्यक्रममा उनलाई सम्मान गरिएको हो ।
डा. शर्माले नेपाली समालोचनालगायत साहित्यका विभिन्न विधामा पुर्याएको विशिष्ठ योगदानस्वरुप दुई लाख रुपैयाँ राशीको सो पुरस्कारबाट सम्मानित गरिएको हो ।
यसैगरी, यस वर्षको पद्मश्री साहित्य पुरस्कार साहित्यकार नयनराज पाण्डेको कृति ‘यार’लाई प्रदान गरिएको छ ।
प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले स्रष्टाहरुको सम्मान गर्नु समाजको दायित्व भएको भन्दै प्रतिष्ठानले विशिष्ठ प्रतिभाहरुको सम्मानलाई निरन्तरता दिने बताए ।
प्रतिष्ठानले २०६३ सालदेखि वर्षको उत्कृष्ट कृति र २०६७ देखि साहित्य र कला क्षेत्रमा महत्पूर्ण योगदान पुर्याउने व्यक्तित्वलाई सम्मानित गर्दै आएको छ । पुरस्कारको राशी जनही दुई लाख रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्