
पोखरा, असार १० । प्रदेश नम्बर–४ को नाम र राजधानी सम्बन्धमा प्रदेशसभा बैठकमा छलफल सुरु भएको छ ।
गत जेठ २१ गते सभासमक्ष प्रस्तुत् भएको नामांकन तथा प्रदेश राजधानी सुझाव संकलन समितिको प्रतिवेदन प्रदेशसभा सदस्य विन्दुकुमार थापाले आइतबार प्रदेशसभा बैठकमा टेबुल गरेका छन् ।
प्रतिवेदनअनुसार पहिलो प्राथमिकतामा ‘गन्डकी’ नाम राखिएको छ भने दोस्रोमा ‘तमुवान–मगरात’, तेस्रोमा ‘गोरखा’ र चौथोमा ‘धवलागिरि’ नामको प्रस्ताव रहेको छ ।
प्रदेशसभाको बैठकमा आइतबार नाम र राजधानीका सम्बन्धमा छलफल हुने भनिएपनि प्रस्तावमात्रै प्रस्तुत् भएको हो ।
उक्त प्रस्तावमाथि संशोधन पेस गर्नका लागि प्रदेशसभा नियमावली २०७४ को नियम ७५ बमोजिमको सूचना प्रदेशसभा सचिवालयमा पेस गर्न समय दिइएको छ ।
प्रदेशको नाम तमुवान मगरात हुनुपर्ने माग राख्दै आएको तमुवान मगरात संयुक्त संघर्ष समितिले भने आइतबारै नदीपुरमा धर्ना दिएको छ ।
प्रतिक्रिया दिनुहोस्