९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


प्रविधिको प्रयोगमा जोड


0
Shares

काठमाडौं, कात्तिक ९ । नेपालमा पनि प्रविधिको प्रयोगमा जोड दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

प्रविधि विकासको आधारसमेत भएको भन्दै यसमा निजी क्षेत्रको पनि उत्तिकै सहभागिता आवश्यक रहेको औंल्याइएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा प्रविधि क्षेत्रका विज्ञहरुले प्रविधिको विकास नै समग्र आर्थिक समृद्धिको मूल आधार भएको दाबी गरे ।

अनुसन्धानकर्ता महावीर पुन, सामाजिक उत्प्रेरक रन्जित आचार्यलगायतले प्रविधिको विकाससँगै प्रयोगमा जोड दिएका हुन् ।