९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


भवनका लागि गाउँपालिकाको ‘डेलिगेसन’


0
Shares

मुस्ताङ, असार १० । मुस्ताङको घरपझोङ गाउँपालिकाका कर्मचारीहरु आइतबार जिल्ला प्रशासन कार्यालय मुस्ताङमा ‘डेलिगेसन’ गएका छन् ।

भवन अभावका कारण स्थानीय तहको दैनिक कार्यसम्पादनमा असहज भएको भन्दै उनीहरुले जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिलाई ज्ञापनपत्र बुझाएका हुन् ।

एउटै भवनमा रहेर कार्यसम्पादन गर्न गाउँपालिका कार्यालय तथा सेवाग्राहीसमेतलाई सास्ती भएपछि समायोजन हुन लागेका जिल्ला प्राविधिक कार्यालय, जिल्ला पशुसेवा कार्यालय र निर्माणाधीन जनस्वास्थ्य कार्यालयको भवन खाली गराइदिन सरोकारवाला निकायलाई उनीहरुले अनुरोध गरेका छन् ।