९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


ट्याक्टरले किचेर बालिकाको मृत्यु


0
Shares

तनहुँ, असार ११ । तनहुँको शुक्ला गण्डकी नगरपालिका–८ गणपतेमा ट्याक्टरले किच्दा एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रिसिङ्ग गाँउपालिका–८ की रोशनी थापा छिन् । उनको घटनास्थलमै मृत्यु भएको हो ।

आइतबार बेलुकी पौने ८ बजे ग१त ४५३३ नम्बरको ट्याक्टरमा सवार थापा खसेर सोही ट्याक्टरको पछाडीको चक्काले किचेको हो । ट्याक्टर र चालक नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय बेलचौतारीले जानकारी दिएको छ ।