
सांस्कृतिक संस्थान र नृत्य निर्देशक संघ नेपाल, ललितपुर शाखाको संयुक्त आयोजनामा सो कार्यक्रमको आयोजना हुन लागेको हो ।
आगामी असार ३ गते राष्ट्रिय नाचघर जमलमा कार्यक्रम हुने आयोजकले जनाएको छ ।
नेपालका लोपोन्मुख नृत्यहरुलाई संरक्षण गर्नुका साथै अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन, प्रतिभाको लागि उचित स्थान बनाउन, नृत्य क्षेत्रको विकासका लागि कार्यक्रम आयोजना गरिएको जनाएको छ ।
कार्यक्रममा प्रस्तुत् हुने नृत्यहरुमा सांगीतिक साथ भने सांस्कृतिक संस्थानका वरिष्ठ वाद्यवादक तथा गायक कलाकारहरुले दिनेछन् ।
विभिन्न शैलीका नृत्यहरुको एकल साँझ नेपालमै पहिलोपटक भएको आयोजकको दावी रहेको छ ।
कार्यक्रममा उनले नृत्यको नमस्कार तथा आराधना, चर्यानृत्य, झ्याउरे लोकनृत्य, भरतनाट्यम, कत्थकनृत्य, साल्सा, आमा (भाव) का साथै पहिलोपल्ट करिब ३८० वर्ष पुरानो परम्परागत कार्तिकनाचअन्तर्गत् प्रचलित नृत्य पनि प्रस्तुत् गर्नेछन् ।
नृत्य कलाकार स्वजन रघुवंशी भारतको कत्थक नृत्यको जुनिएर डिप्लोमा तथा सिनियर डिप्लोमाको परीक्षामा स्वर्णपदक विजेता हुन् भने सिर्जना कलेज अफ फाइन आर्टमासमेत स्नातक तहमा उत्कृष्ट भएका हुन् ।
नेपाली परम्परागत तथा लोकनृत्य, कत्थक, भरतनाट्यममात्र नभइ पाश्चात्य साल्सा, ज्याय्जमासमेत पोख्न कलाकार रघुवंशी सांस्कृतिक सम्पदा संरक्षणमा पनि सक्रिय छन् ।
प्रतिक्रिया दिनुहोस्