
काठमाडौं, जेठ २२ । सोसल कमर्श साइट सगुनमा भारतीय ठूला मिडिया हाउससँगै सेलिब्रेटीहरु पनि लगानी गर्न जुटेका छन् ।
भारतको प्रतिष्ठित अंग्रेजी दैनिक हिन्दुस्तान टाइम्स प्रकाशन गर्ने कम्पनीले सगुनमा लगानी घोषणा गरेको केहि समयपछि भारतकी चर्चिक मिडिया सेलिब्रेटी मन्दिरा वेदीले पनि लगानी गरेकी हुन् ।
वेदीले आफूले सगुनमा लगानी गर्न पाएकोमा खुसी व्यक्त गरेकी छिन् ।
मन्दिरा वेदीले आफूले अहिलेका चर्चित कम्पनीहरु स्टार्ट अप चरणमा रहँदा लगानी गर्न नपाएपनि प्रचुर सम्भावना रहेको सगुनमा लगानी गर्न पाउँदा खुसी प्रकट गरेकी छिन् ।
भारतमा समेत कार्यालय राखेर सञ्चालनमा रहेको सगुनमा लगानी गरेकी वेदी चर्चित भारतीय सेलिब्रेटी हुन् ।
यसअघी हिन्दुस्तान टाइम्सले सगुनमा पचास लाख डलर लगानी गरेको थियो ।
स्टार्ट अप कम्पनीहरुमा लगानी गर्दा त्यसबाट भविष्यमा पाइने उच्च प्रतिफललाई हेरेर अहिले भारतमा त्यस्ता कम्पनीहरुमा लगानी गर्ने ट्रेण्ड शुरु भएको छ ।
सगुनमा लगानी गर्न अन्य केहि प्रतिष्ठीत भारतीय कम्पनीहरु पनि छलफलमा रहेका छन् ।
सगुनले अमेरिकी सेक्युरिटी एक्सचेन्ज कमिसनको कानुनको अधिनमा रहि मिनी आइपिओ मार्फत लगानी जुटाइरहेको छ ।
यो चरणमा सगुनमा लगानी गर्न पाउने अन्तिम म्याद जुन १५ मा सकिने कम्पनीले जनाएको छ। यस चरण पछि भने कम्पनीको नयाँ भ्यालुएसन हुनेछ
।
शुरुवाती दिनमा भन्दा लगानीकर्ता, लगानी र प्रयोगकर्ता बढेका कारण नयाँ भ्यालुएसन बढ्ने कम्पनीको विश्वास छ ।
यस चरणमा डेविट र क्रेडिट कार्ड मार्फत सगुनमा लगानी गर्न सकिन्छ। प्रत्यक्ष बैङकबाट वायर ट्रान्सफर मार्फत पनि सगुनमा लगानी गर्न सकिन्छ ।
सगुनमा लगानी गर्न प्रति शेयर २३ डलरका दरले कम्तीमा १ हजार डलरको शेयर खरिद गर्नुपर्ने हुन्छ ।
विदेशमा लगानी गर्न पाइने कानुन नभएका कारण नेपालबाट भने सगुनमा लगानी गर्न सकिदैन।
तर विदेशमा रहेका नेपालीहरुले बैङक खाता भएको हकमा सम्वन्धित देशबाट लगानी गर्न सक्छन् । लगानी सम्वन्धि थप जानकारी सगुनको वेभसाइट sagoon.com/invest मा गएर लिन सकिने पनि सगुनले जनाएको छ ।
सगुनमा हालसम्म २३ लाख भन्दा बढी प्रयोगकर्ता रहेका छन्। प्रयोगकर्ता मध्ये भारतमा मात्र १० लाख भन्दा बढी प्रयोगकर्ता रहेका छन् ।
भारतीय नायिका श्रद्धा कपुरले सगुनको एन्ड्रोइड मोवाइल भर्सन दिल्लीमा सार्वजनिक गरेसँगै भारतीयहरुमा सगुनका बारेमा चासो बढेको हो ।
सगुनमा अहिलेसम्म ३ हजार भन्दा बढी लगानीकर्ताको करिव ५० लाख डलर लगानी भएको छ ।
ठूला लगानीकर्तामा भने हिन्दुस्तान टाइम्सले थप पचास लाख डलर लगानी गरेको छ।
प्रतिक्रिया दिनुहोस्