९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


सयपत्री प्रतिष्ठानद्वारा विभिन्न व्यक्तित्व सम्मानित


0
Shares

बनेपा, कात्तिक २१ । काभ्रेको बनेपास्थित सयपत्री प्रतिष्ठानले विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औं जन्मजयन्तीको अवसरमा बुधबार बनेपामा आयोजित कार्यक्रममा शिक्षाविद् डा. सुरेशराज शर्मा तथा उनकी धर्मपत्नी र संस्कृतिविद् ज्ञानकाजी मानन्धर तथा उनकी धर्मपत्नीलाई सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. केदारभक्त माथेमाले सम्मानित व्यक्तित्वहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

संस्थाका सल्लाहकार एवं वरिष्ठ साहित्यकार मोहन दुवालको सभापतित्वमा भएको कार्यक्रममा सयपत्री प्रतिष्ठानको स्मारिकाको विमोचन पनि गरिएको थियो । साथै, कवितावाचन कार्यक्रम पनि गरिएको थियो ।