८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


झापामा उच्च प्रविधियुक्त नर्सरी सञ्चालन


0
Shares

झापा, वैशाख १८ । झापाको मेचीनगरमा पहिलो पटक उच्च प्रविधियुक्त हाइटेक नर्सरी सञ्चालनमा ल्याइएको छ ।

सरकारको कृषि विकास रणनीति अनुगमन तथा समन्वय कार्यक्रमअन्तर्गत सिँचाइ पूर्वाधारसहितको हाइटेक नर्सरी सञ्चालनमा ल्याइएको हो ।

मेचीनगर–९ का युवा डिल्लीराज उप्रेतीले एक कट्ठा जग्गामा हाइटेक नर्सरी निर्माण गरेका हुन् । यो नर्सरीमा सबैखाले बाली लगाउन सकिनेछ ।

जिल्ला कृषि विकास कार्यालय झापामार्फत प्राप्त ८ लाख ९४ हजार ४ सय ९२ रुपैयाँ अनुदान र डीएन्डडी वायोप्लानटेकको २ लाख ९८ हजार १६४ रुपैयाँ गरी कूल ११ लाख ९२ हजार ६५६ रुपैयाँ खर्च गरेर नर्सरी स्थापना गरिएको उप्रेतीले बताए ।

कृषि पद्धतिलाई अत्याधुनिक र व्यावसायिक बनाउन सरकारको आर्थिक सहयोगमा हाइटेक नर्सरी तयार गरिएको उनको भनाइ छ । २ सय माइक्रोनको प्लास्टिकबाट बनाइएको नर्सरीको टनेलमा घाम छिर्ने, पानी नछिर्ने, नच्यातिने बनाइएको छ ।

नर्सरीभित्रै थोपा सिँचाइको व्यवस्था छ भने विशेष प्रकारले व्यवस्थापन गरेर टनेलको छतबाट पानी स्प्रे गरी चिसोपन कायम राख्ने व्यवस्था समेत गरिएको छ ।