
नृपराज हमाल/ईमेज:
हुम्ला, बैशाख १६ । हुम्लाका माद्यामिक तहमा अध्ययन गर्ने छात्राहरु सुचना प्रविधिमा जोडिने भएका छन् ।
पहिलो पटक हुम्ला जिल्लामा सुरु गरिएको सूचना संचार प्रविधिमा महिलाको सहभागिता अन्तर्गग सुचना प्रविधि सम्बन्धि तीन दिने कार्यशाला सुरु भएको छ ।
कार्यक्रममा जिल्ला सदरमुकामका मानसरोवर मावि र वालमन्दिर माविका १ सय १० जना छात्राहरु सहभागी छन् ।
कार्यशालामा छात्रासंगै शिक्षकहरुलाई समेत सहभागी गराईएको छ ।
आधारभूत सूचना, संचार प्रविधि र ब्लगिङ्गका वारेमा कार्यशालामा सहभागी छात्राहरुलाई सिकाईने सूचना र संचार प्रविधि समाजका महासचिव सुवास खड्काले जानकारी दिए ।
सूचना संचार प्रविधिमा महिलाको पहुँच पुर्याउने उदेश्येले विश्वभर मनाइने “सूचना संचार प्रविधिमा महिलाको सहभागिता २०१८ “कार्यक्रम हुम्लामा मनाइदै छ ।
नेपाल दुरसंचार प्राधिकरणको सहकार्यमा सूचना र संचार प्रविधि समाज र स्वावलंबन विकास प्रवर्धन केन्द्र नेपालको संयुत आयोजनामा आजदेखि ३ दिने ‘आधारभूत सूचना र संचार प्रविधि र ब्लगिङ्ग’ बारे कार्यशाला सुरु भएको हो
हुम्लामा रहेका होटलहरुको डिटेल प्रोफाईल नभएकाले होटलहरुको डिटेल प्रोफाईल बनाई दिने समेत सूचना र संचार प्रविधि समाजका रविन्द्र आचार्यले बताए ।
प्रविधिमा पहुँचमा नभएकालाई पहुँचमा पुर्याउन आफुहरु प्रविधिसंग सम्बन्धित सचेतना कार्यक्रम देशभर संचालन गर्दै आईरहेको आचार्यले बताए ।
कार्यशालाको उद्घाटन प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुंगानाले गरे ।
कार्यक्रममा बोल्दै उनले हुम्ला आफैंमा पिछडिएको र दिनानुदिन महिला विद्यार्थीको संख्या बढी रहेको र पुरुषको संख्या घट्दै गएकोले समग्रमा महिला मात्र सहभागी नगराई सबै बिद्यार्थीमा पहुच पुर्याउनु पर्ने बताए ।
त्यसैगरी प्रमुख जिल्ला शिक्षा अधिकारी मदन कुमार थापाले समग्र पहुचमा काम गर्न र जिल्लामा रहेका सबै बिद्यालयलाई प्रविधि मैत्री बनाउनु पर्ने कुरामा जोड दिए ।
कार्यक्रममा महिला शिक्षक, उद्योगकर्मी, सिमिकोट गाउपालिका अध्यक्ष, जिल्ला युवा समिति, समेतको उपस्थिति रहेको थियो । कार्यशाला तीन दिनसम्म बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्