
रसुवा, बैशाख १२ । नेपाल–चीनको एकमात्र ब्यापारिक नाका रसुवागढीमा सीसी क्यामरा जडान गरिएको छ ।
चीनले रसुवागढी नाकालाई अन्तर्राष्ट्रिय नाकाको मान्यता दिएसँगै तेस्रो मुलुकका नागरिकले समेत यो नाकाको प्रयोग गर्न थालेपछि सुरक्षाका लागि भन्दै सीसी क्यामरा जडान गरिएको हो ।
सीमा क्षेत्रमा सीसी क्यामरा जडान भएपछि अवैध क्रियाकलाप नियन्त्रणमा आउने विश्वास गरिएको छ ।
रातको समयमा नाकामा सुरक्षाकर्मीको आँखा छलेर हुने अवैध गतिविधि नियन्त्रण गर्न सीसी क्यामराले सहयोग पुग्ने रसुवागढी भन्सार कार्यालयका प्रमुख गोपाल कोइरालाले बताए ।
रसुवा भन्सार कार्यालय टिमुरेको सहयोगमा सिमा क्षेत्रबाट रसुवागढी भन्सार कार्यालयसम्म करिब दुई किलोमिटर सडकमा १२ वटा सीसी क्यामरा जडान गरिएको छ ।
प्रहरीको सुरक्षा गस्तीका साथै क्यामराको सहायताले मानिसको आवातजावत र क्रियाकलापमा निगरानी गर्न सहज भएको छ ।
प्रतिक्रिया दिनुहोस्