१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


सुरक्षा संरचनाहरु प्रादेशिक ढाँचामा आउनुपर्छ : मुख्यमन्त्री पोखरेल


0
Shares

केशव भण्डारी (इमेज)

बुटवल, असार १२ । प्रदेश नम्बर–५ का मुख्यमन्त्री शंकर पोखरेलले सुरक्षा निकायहरु अझै प्रादेशिक ढाँचामा नआएको भन्दै विपद् व्यवस्थापनमा समस्या भएको बताएका छन् ।

प्रदेश–५ अन्तर्गत्का जिल्लाहरुका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरु सम्मिलित विपद् सुरक्षा गोष्ठीको मंगलबार बुटवलमा उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले क्षेत्रीय ढाँचामा रहेका सुरक्षा संरचनाहरु प्रादेशिक ढाँचामा आउनुपर्ने धारणा राखे ।

गोष्ठीमा प्रदेशका प्रहरी कार्यालयका डीआइजी, १२ ओटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी अधिकारी, सशस्त्र प्रहरी बल र अनुसन्धान अधिकारीहरुको सहभागिता रहेको थियो ।