
काठमाडौं, चैत १८ । काठमाडौं महानगरपालिकाले उपत्यकाका विभिन्न स्थानहरुमा निःशुल्क वाइफाई इन्टरनेट सेवा संचालन गर्ने भएको छ ।
सेवा संचालनका लागि काठमाडौं महानगरपालिका र वल्र्ड लिङ्क प्राइभेट लिमिटेडबीच आज सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा हस्ताक्षर भएको ६० दिनभित्र सेवा संचालनमा आइसक्न काठमाडौं महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाले काठमाडौंको रत्नपार्क, बसन्तपुर, हनुमानढोका, बालाजु बाइस धारा, स्वयंभू, पशुपतिनाथ, बौद्ध लगायतका ६ वटा स्थानहरुमा सवैभन्दा पहिले निःशुल्क इन्टरनेट सेवा संचालनमा ल्याउन लागेको हो ।
महानगरका वासिन्दा र पर्यटकहरुलाई लक्षित गर्दै यो सेवा संचालन गर्न लागिएको महनगरपालिकाले जनाएको छ ।
महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आगामी दिनमा उपल्यका भित्रका अन्य धेरै स्थानमा पनि निःशुल्क वाइफाई सञ्चालन गरिने जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्