१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


विमान दुर्घटनामा ज्यान गुमाएका पाइलट महासेनानी गुरुङको स्मृतिग्रन्थ विमोचित


0
Shares

गुरुङको प्रथम स्मृति दिवसको अवसर पारेर आर्मी अफिसर्स क्लबमा आयोजित कार्यक्रममा रक्षामन्त्री ईश्वर पोखरेल र प्रधानसेनापति राजेन्द्र क्षत्रीले संयुक्तरुपमा स्मृतिग्रन्थको विमोचन गरे ।

स्मृतिग्रन्थमा स्व. गुरुङले लेखेका गीत, कविताहरु रहेका छन् ।

ग्रन्थ विमोचन गर्दै रक्षामन्त्री पोखरेलले बितेर जानेहरुका सपना बाँच्नेहरुले पूरा गर्नुपर्ने बताए ।

यस्तै, प्रधानसेनापति क्षत्रीले गुरुङका लेख, रचना र कृतिहरुबाट उनी सधैं अमर रहने बताए ।

कार्यक्रममा गुरुङको जीवनीबारे तयार पारिएको वृत्तचित्र पनि देखाइएको थियो ।