
बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशीबाट प्रा. डा. वासुदेव त्रिपाठीलाई राष्ट्रिय कलाश्री सम्मान प्रदान गरिएको हो ।
यस्तै, राष्ट्रिय कलाश्री पुरस्कारबाट माया ठकुरी, स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कारबाट मणि लोहनी र बद्रि राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कारबाट मोहन दुवाललाई सम्मान गरियो ।
उनीहरुलाई जनही १ लाख, ५० हजार र २५/२५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्