१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


‘मातृभाषालाई जोगाउन राज्यस्तरबाट पहल हुनुपर्छ’


0
Shares

प्रतिष्ठानले विश्वका विभिन्न भाषा तथा साँस्कृतिक विविधतासँगै बहुभाषाको प्रयोगलाई बढवा दिने उद्देश्यले यो दिवस मनाउने गरेको जनाएको छ ।

कार्यक्रममा प्रतिष्ठानका मातृभाषा विभाग प्रमुख श्रवण मुकारुङले मातृभाषालाई जोगाउन राज्यस्तरबाट केही पहल हुनुपर्ने बताए ।

अहिले नेपालमा १२३ ओटा मातृभाषा रहेको तथ्यांक सुनाउँदै उनले ‘तिनीहरुको संरक्षणमा राज्यले नीति बनाउनुपर्छ’–भने ।

कार्यक्रममा प्रतिष्ठान काव्य विभागका प्रमुख अमर गिरीले मातृभाषाको जर्गेना गर्नका लागि राज्य सँगसँगै सम्बन्धित भाषिक समुदायपनि अग्रसर हुनपर्ने बताए ।

यसरी नै मातृभाषाहरु लोप हुँदै जाने हो भने २१औं शताब्दीमा आधाभन्दा बढी भाषा र समुदाय नै हराउने उनले बताए ।

कार्यक्रममा विभिन्न ४० ओटा मातृभाषाका कविता वाचन गरिएको थियो । कार्यक्रममा विभिन्न जातीय समुदायका झाँकीसमेत प्रदर्शन गरिएको थियो ।

संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००० देखि मातृभाषा दिवस मनाउन थालिएको हो ।

सन् १९५२ मा तत्कालीन पूर्वीपाकिस्तानमा बंगलादेशी विद्यार्थीहरुले आफ्नो मातृभाषा बोल्न पाउनुपर्ने माग गर्दा दमन भएको र त्यतिबेला ज्यान गुमाएका विद्यार्थीहरुको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।