
सुमितोमो फरेस्ट्री कम्पनीले आफ्नो ३५० औं वार्षिकोत्सवका अवसरमा यस्तो भवनको तयारी गरेको हो । ७० तले ‘डब्ल्यु ३५०’ टावर निर्माणका लागि एक लाख ८० हजार घनमिटर काठ लाग्ने कम्पनीको अनुमान छ । यो भवनको १० प्रतिशत हिस्सा भने स्टिलले ओगट्नेछ । भूकम्पबाट जोगाउनका लागि काठ र स्टिलको स्तम्भसहित ‘ब्रेस्ड ट्युब स्ट्र्क्चर’ रहने जनाइएको छ ।
यो भवनमा ८००० परिवारका लागि आवासको व्यवस्था गरिनेछ । प्रत्येक बालकनीमा वनस्पति हुने पनि कम्पनीले जनाएको छ ।
भवन ६० बिलियन येनको लागतमा निर्माण हुने अनुमान छ । यो भवनका लागि यसै आकारका पारम्परिक भवन बनाउनभन्दा झण्डै दोब्बर बढी खर्च हुने कम्पनीले जनाइएको छ ।
यो भवन सन् २०४१ मा तयार पार्ने कम्पनीको योजना छ । त्यतिबेलासम्म प्रविधिको विकासले भवन निर्माणको लागतमा कमी आउनसक्ने पनि कम्पनीले जनाएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्