९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


सातै प्रदेशमा फोरजी एलटिइ सेवा : टेलिकम


0
Shares

टेलिकमको १४औं वार्षिकोत्सवको अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले सेवा विस्तारबारे जानकारी गराएकी हुन् ।

सातै प्रदेशमा फोरजी एलटिइ सेवा आफ्नै आर्थिक स्रोत परिचालन गर्नेगरी अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरी कार्य अघि बढाइसकेको टेलिकमले जनाएको छ ।

ग्रामीण दूरसञ्चार विकास कोषको लगानी रहनेगरी नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणसँग भएको सम्झौताअनुसार मध्यपहाडी लोकमार्गको प्रदेश नम्बर–१, २ र ३ खन्डमा अप्टिकल फाइबर र डाटा सेवा विस्तारको कार्य अघि बढाइरहेको प्रबन्ध निर्देशक राजभण्डारीले बताइन् ।

दुर्गम क्षेत्रमा सेवा विस्तार गर्ने नेपाल सरकारको नीतिअनुसार डोल्पा, मुगु, बाजुरा, दोलखा, बाग्लुङ, धादिङ र सिन्धुपाल्चोकमा पनि मोबाइल सेवा सन्चालनमा आएको कम्पनीले जनाएको छ ।

वार्षिकोत्सवमा प्रिपेड सेवाग्राहीका लागि नमस्ते क्रेडिट सेवाको ‘सफ्ट लन्च’ पनि गरिएको छ ।

यो सेवाबाट सेवाग्राहीले कुरा गर्दागर्दै व्यालेन्स सकिएपनि बिनाब्याज निरन्तर कल गर्नसकिने सुविधा रहेको जनाइएको छ । यो सेवा भने अगामी महिना देखि लागू हुने जनाइएको छ ।