७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


उपत्यकासहित देशका ७७ ओटै जिल्लामा विरोध प्रदर्शनस्थल तोकियो


0
Shares

काठमाडौं, असार १४ । गृह मन्त्रालयले काठमाडौं उपत्यकासहित देशका ७७ ओटै जिल्लामा विरोध प्रदर्शनस्थल तोकेको छ ।

गृह मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार काठमाडौंमा खुलामञ्च, तीनकुने, पेप्सीकोला, सानोगौचरण, लैनचौर, स्वयम्भू भगवानपाउ र सिफलचौर गरी ७ स्थानमा प्रदर्शन गर्न पाइनेछ ।

ललितपुरमा च्यासलको खुलाचौर, गोदावरीको खुलामैदान, बज्रबाराही मन्दिरअगाडिको खुला ठाउँ, लुभुको ससपुचः मैदान र धोबीघाटको खुलाचौरलाई विरोध प्रदर्शनस्थल तोकिएको छ ।

यस्तै, भक्तपुरमा नेपाल ट्रष्टको स्वामित्वमा रहेको ९९ रोपनीको प्लटमा विरोध प्रदर्शन गर्न पाइने जनाइएको छ ।

पत्रकार सम्मेलनमा गृहमन्त्री रामबहादुर थापाले आगामी साउन १ गतेदेखि यो प्रावधान लागू हुने र उल्लंघन गर्नेलाई कडा कारबाही गर्ने बताए ।

पत्रकार सम्मेलनमा केपी शर्मा ओली सरकार बनेपछि गृह मन्त्रालयबाट भएका काम–कारबाही र भावी योजनाबारे पनि जानकारी दिइएको थियो ।