१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


प्रदेश–१ लाई नमुना प्रदेश बनाइन्छ : मुख्यमन्त्री राई


0
Shares

प्रकाश नेपाल (इमेज)

इलाम, असार १४ । मुख्यमन्त्री शेरधन राईले १ नम्बर प्रदेशलाई नमुना प्रदेश बनाउने बताएका छन् ।

बिहीबारदेखि इलाममा सुरु भएको प्रदेशस्तरीय युवा महोत्सवलाई सम्बोधन गर्दै उनले युवाशक्तिलाई परिचालन गरी १० वर्षभित्र समृद्ध प्रदेश बनाउने बताए ।

पूर्वाधार विकास निर्माण, पर्यटन प्रवद्र्धन कृषि र जलविद्युत् प्रदेश सरकारको प्राथमिकतामा परेको बताउँदै उनले प्रदेशलाई समृद्ध बनाउन सबैको उत्तिकै भूमिका रहने उल्लेख गरे ।

वन्यजन्तु नदीनाला, पर्यटकीय क्षेत्र, व्यापारिक केन्द्रलगायतका महत्वपूर्ण सम्पदाले घेरिएको प्रदेश–१ लाई नमुना प्रदेश बनाउने उनको उद्घोष थियो ।

१ नम्बर प्रदेशलाई अँध्यारोमुक्त बनाउन १० वर्षभित्रमा ४५ सय मेगावाट विद्युत् उत्पादन गर्ने महत्वाकांक्षी योजना यस प्रदेशको रहेको भन्दै उनले लगानीका लागि वैदेशिक रोजगारीमा गएकाहरुलाई विशेष प्राथमिकतामा राखिएको उल्लेख गरे ।

जिल्ला युवा समिति इलामको आयोजनामा सुरु भएको महोत्सव १६ गतेसम्म सन्चालन हुनेछ ।

युवाहरुलाई उद्यमशीलतामा जागरुक गराउने उद्देश्यले महोत्सव सन्चालन गरिएको जनाइएको छ ।