६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


भारतबाट एकैपटक १८ जंगलीहात्ती झापा पसे, स्थानीय त्रसित


0
Shares

विशाल नेम्वाङ (इमेज)

झापा, असार १४ । झापाको ज्यामिरगढीमा भारतबाट जंगलीहात्ती पसेपछि स्थानीय त्रसित बनेका छन् ।

बुधबार राति छावासहितका १८ हात्ती आएपछि उपद्रो गर्ने डरले स्थानीय त्रसित भएका हुन् ।

ती जंगलीहात्तीले हालसम्म कुनै क्षति भने गरेका छैनन् ।

हात्तीको अवस्था बुझी हात्तीलाई फर्काउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय धुलाबारीका प्रमुख खगेन्द्र रिजालले बताए ।