२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


भारतमा ४० जना सवार डुंगा डुब्यो, हेलिकोप्टर समुद्रमा खस्यो


13
Shares

उक्त डुंगा दूर्घटनामा ३२ जनाको सकुशल उद्धार गरिएको छ भने चारजनाको शव फेला परेको अधिकारीहरुले जनाएका छन् ।

डुंगामा क्षमताभन्दा बढी यात्री रहेको र विद्यार्थीले ‘लाइफ ज्याकेट’ पनि नलगाएको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् । अझै चारजना हराइरहेकोले उद्धारकार्य खोजी जारी रहेको स्थानीय सामुद्रिक सुरक्षा गार्डका जनसम्पर्क अधिकृतले बताएका छन् ।

भारतमा क्षमताभन्दा बढी यात्रु बोक्ने र सुरक्षा मापदण्ड पूरा नगर्दा डुंगा दुर्घटना हुने क्रम बढ्दो छ ।

त्यस्तै, मुम्बईको समुद्रमा हेलिकप्टर दुर्घटना हुँदा कम्तिमा तीनजनाको मृत्यु भएको छ । अरु यात्रुको खोजीकार्य जारी रहेको अधिकारीहरुले बताएका छन् । एजेन्सी