८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


विज्ञान प्रदर्शनीमा विद्यार्थीले बनाएका आविष्कारको आकर्षण


0
Shares

प्रदर्शनीमा पछिल्लो समय प्रयोगमा ल्याएका विभिन्न प्रकारका आविष्कार विशेषगरी ‘रोबोट’, ‘ड्रोन’ र विद्युतीय सेन्सर प्रविधिजडित सामग्री नमूनाका रुपमा विद्यार्थीले प्रदर्शन गरेका थिए ।

बिहीबारसम्पन्न भएको विज्ञान वातावरण प्रदर्शनी तथा प्रतियोगितामा विभिन्न विद्यालयका १० हजार विद्यार्थीले अवलोकन गरेको आयोजक संस्था विद्यालयको इको बाल क्लबले जनाएको छ ।

प्रधानाध्यापक विष्णुकान्त झाले पहिलोपटक आयोजना गरिएको यस प्रदर्शनी तथा प्रतियोगिता व्यावहारिक रुपमा सफल भएको बताए । ‘दुई दिनमा १० हजारभन्दा धेरैले प्रदर्शनीको अवलोकन गरेका छन्’, प्रअ झाले भने ।

प्रदर्शनीसहितको प्रतियोगिताले विद्यार्थीले आफूले सिकेको ज्ञानको प्रवद्र्धन गर्ने मौका पाएको प्रअ झाले बताए ।

प्रदर्शनीमा जिल्लाभरिका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीले बनाएका विज्ञान र वातावरणसँग सम्बन्धित सामग्री राखिएको थियो ।

प्रतियोगितामा कन्काई नगरपालिकास्थित कन्काई मावि प्रथम, दमकको सूर्याेदय बोर्डिङ स्कुल द्वितीय र दमककै पाणिनी मावि तृतीय भए । रासस