८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सार्वजनिक हुनु अगावै सगुनको एप गुगल प्लेमा भेटियो


0
Shares

स्रोतका अनुसार उक्त एप जनवरी २०१८ को दोस्रो हप्ता भारतको नयाँ दिल्लीमा आधिकारिक रुपमा सार्वजनिक हुनेछ । तर आधिकारिक रुपमा जारी हुनुपूर्व नै उक्त एपको एक संस्करण उपलब्ध भएको छ ।

एप उपलब्ध भएपछि एन्ड्रोइड मोबाइल प्रयोगकर्ताहरुले त्यसलाई डाउनलोड गर्न खोजिरहेका छन् तर हाल सीमित व्यक्तिहरुले मात्रै एप डाउनलोड गर्न सकेका छन् ।

एप उपलब्ध भएको बारेमा सगुनको आधिकारिक धारणा उपलब्ध भएको छैन ।

सगुन sagoon.com ले करीब दश महिनादेखि एस एपको विकास गरिरहेको थियो । विश्वसनीय स्रोतका अनुसार उक्त एप बनाई सकिएको छ र यो हाल परीक्षण चरणमा रहेको छ ।

साथै यसमा रहेका ससाना त्रुटिहरुलाई मिलाउने काम भैरहेको छ जसले गर्दा एप जारी गर्दा प्रयोगकर्ताहरुले समस्याको सामना गर्न नपरोस् ।

सगुनका शुभेच्छुक तथा प्रशंसकहरु यस एप जारी हुने समयको व्यग्ररुपमा प्रतीक्षा गरिरहेका छन् । एप जारी हुने सम्भावित मिति नजिकिँदै गर्दा उनीहरु थप उत्साहित भएका छन् ।

विभिन्न सञ्चार माध्यममा उपलब्ध जानकारीरअनुमान बमोजिम यस एपले एक यस्तो नयाँ सामाजिक सञ्जाललाई प्रयोगकर्तासामु ल्याउनेछ जसले उनीहरुलाई कनेक्ट। शेयर। अर्न को सामाजिक बाटोबाट एक फलदायी जीवन बनाउन सहयोग गर्नेछ ।

सगुनले जारी गरेको अन्तिम आधिकारिक संस्करण भनेको डेस्कटप संसकरण २.० हो जसलाई तत्कालीन प्रधानमन्त्री केपी ओलीले काठमाडौँमा सुरुवात गरेका थिए ।