८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


आइफोन, एन्ड्रोइड र कम्प्युटर खतरनाक भाइरसको चपेटामा, कसरी जोगाउने ?


0
Shares

अहिले विश्वभर एन्ड्रोइड मोबाइल तथा कम्प्युटर डिभाइस इन्टेल, एएमडी तथा एआरएमको प्रोसेसरमा गम्भीर प्रकृतिको भाइरसले आंतकित बनाइरहेको बेलामा सबैभन्दा सुरक्षित भनिएको एपल कम्पनिले सबै डिभाइसको प्रोसेसर उक्त भाइरसबाट प्रभावित भएको पुष्टि गरेको हो ।

एपलले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हाम्रा सबै आधुनिक डिभाइसको प्रोसेसर्स तथा आइओएस अपरेटिङ सिस्टमहरु आइफोन, आइप्याड तथा म्याक कम्प्युटर मेल्टडाउन र स्पेक्टर नामक बगबाट प्रभावित भएको छ ।’ तर, एपलले आफ्ना ग्राहकले उक्त भाइरसका कारण यस्तो समस्या आयो भनेर हालसम्म जानकारी नगराएको जनाएको छ ।

यसअघि नै ‘गुगल सेक्युरिटि ब्लग’ले ‘मेल्टडाउन’ र ‘स्पेक्टर’ नामक भाइरस भविष्यमा निकै चूनौतीपूर्ण हुने उल्लेख गरेको थियो । ‘गुगुल सेक्युरिटि ब्लग’का अनुसार ह्याकरहरुले अनावश्यक एप्लिकेशन, सफ्टवेयर र क्लाउडमार्फत ती भाइरस पठाउने गर्दछन् र ती भाइरसको सहायताले कुनैपनि मोबाइल वा कम्प्युटरमाथि नियन्त्रण गर्न सक्नेछन् ।

एपलले यस भाइरसबाट आफ्ना प्रयोगकर्ताहरुलाई सुरक्षित राख्न एक ‘प्याच’ जारी गर्ने उल्लेख गरेको छ । उक्त ‘प्याच’ म्याकओएस १०.१३.२ र आइओएस ११.२ टीभिको लागि प्रयोग हुनेछन् । त्यस्तै, कम्पनिले ‘स्पेक्टर’ भाइरसबाट बचाउन केहि दिनभित्रै ‘सफारी अपडेट’ जारी गर्ने उल्लेख गरेको छ ।

त्यसैगरी, ‘माइक्रोसफ्ट’ले आफ्ना प्रयोगकर्ताहरुलाई उक्त भाइरसबाट सुरक्षित राख्न यसअघि नै ‘इमरजेन्सि सेक्युरिटि प्याच’ जारी गरिसकेको छ । त्यस्तै गुगलले समेत एन्ड्रोइड स्मार्टफोनको लागि ‘प्याच’ जारी गरिसकेको छ ।

‘गुगल सेक्युरिटि ब्लग’का अनुसार ह्यार्कसहरुले उक्त भाइरसमार्फत ब्यक्तिगत मोबाइल, कम्प्युटर र क्लाउडमाथि नियन्त्रण राख्न सक्छन् । खासगरी यस भाइरसले एएमडी, एआरएम र इन्टेल डिभाइसमा चल्ने अपरेटिङ सिस्टम्लाई बढी नोक्सानि पुर्‍याउँछ ।

गुगल सेक्युरिटिले सबै प्रयोगकर्ताहरुलाई अनावश्यक एप्लिकेसन, सफ्टवेयर डाउनलोड नगर्न तथा अन्जान प्रगोगकर्तालाई कम्प्यूटर एक्सेस् नदिन भनेको छ । एजेन्स