९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


नेताले राजनीति बुझेनन् कि जनताले नेता चिनेनन् ?


0
Shares

उहाँ पत्रिका पढ्दै हुनुहुन्थ्यो तर कुनै कारणबस उहाँले त्यही समयमा गाडीको बन्द झ्यालबाट बाहिर हेर्न खोज्नु भयो । मलाई लाग्यो सायद उहाँ मलाई नै हेर्दै हुनुहुन्थ्यो । भनौं मलाई उहाँसँग सिधै आँखा जुधेको भान भयो, मैंले सोचें वाह १ प्रधानमन्त्री त यस्तो पो हुनुपर्छ, आफ्नो कति महत्वपूर्ण कुरालाई वास्ता नगरी एउटा बाटोमा हिंड्ने साधारण नागरिकलार्इ नियाल्ने र मेरो समस्याको बारेमा गाडी भित्रै बसेर भए पनि कमसेकम सोच्न चाहँने र देशलाई नै अभिभावकको मायाको अनुभूति बाँड्न सक्ने ।

आजकाल २र४ जना औंलामा गन्न सकिने बाहेकका नेताहरूमा जनतालार्इ अपनत्वको भावना प्रदान गर्ने सोचसम्म छैन भन्दा पनि हुन्छ । हामी र उहाँहरू दुवै धुलो र धुवाँबाट पीडित छौं तर उहाँहरूलाई गाडीमा हिंड्दा त्यहि बाटो सायद सफा भएको अनुभूति हुँदो हो । हामी र उहाँहरू दुवै संसारको सबैभन्दा गरिब देशहरू मध्येका जनता हौं । तर उहाँहरूलाई मन्त्री, पार्टीका नेता वा अध्यक्ष भएर आफ्नो केही आर्थिक स्थिति र जीवनस्तर उठेको आभाष हुँदो हो ।

तर उहाँहरू कसैमा पनि ‘म पनि यो देशको नागरिक हुँ र जनमतमा हारजित जे भएपनि मैंले उहाँहरुको प्रतिनिधिको हैसियतले समय समयमा हृदयमा सदैव रहिरहने काम गर्नुपर्छ भन्ने सोंच राखेको भान हुन्न । नत्र लोकतन्त्रमा नागरिकसँग निरन्तर अन्तरक्रिया, आ–आफ्नो क्षेत्रमा भएका जनताका समस्या र तिनीहरूको उचित समाधान र समय-समयमा आफूले गरेको कामको बारेमा जनताले के-कस्तो धारणा राखेका छन् भनेर पनि उहाँहरुले जनतासंग नैं सोधपुछ गर्नु पर्ने हैन र रु आज देशमा व्यवस्था परिवर्तन, संविधान पारित, मतदान सम्पन्न र शान्ति स्थापनाको काम लगभग सकिसकेको अवस्थामा पनि वर्तमान प्रधानमन्त्रीले कहिले राजीनामा दिने रु अर्थात राजीनामा दिने कि नदिने रु वा नयाँ प्रधानमन्त्री कहिले चयन हुने भन्ने जस्ता कुरामा ठुलो बादबिबाद गरेर बसेका छौं । अबको समयमा प्रधानमन्त्री जो वा जुनसुकै पार्टीको भएतापनि देश र जनताको हित हुने कुरामा सबै पार्टी मिलेर समर्थन गर्ने र नराम्रा कुरालार्इ जो कोहिले पनि प्रतिबाद गर्नु पर्ने हैन र ?

समृद्धी भनेको बाटोघाटो, शिक्षा, स्वास्थ, बिज्ञान प्रबिधि, सूचना संचार, इतिहास, भूगोल, संस्कृति, सामाजिक सदभाव , आर्थिकलगायतका सबै क्षेत्रमा सन्तुलित रुपले क्रमशः विकास र परिवर्तन हुँदै जानु हो । देश समृद्ध हुनका लागि माथि उल्लेखित क्षेत्रमा प्राज्ञ वा बिज्ञहरूले गहन अध्यन गरेर निस्पक्ष सुझाव सल्लाह सरकारलाई दिने र जनताबाट चुनिएर र उनीहरूका सेवक भएर आएका जनप्रतिनिधिले अझ बढी इमान्दार भएर नीति नियमको पालना गर्नु पर्ने हैन र रु तर यसको ठिक उल्टो तरिकाले फौजदारी मुद्दा लागेका, भ्रष्टाचारमा दोषी ठहर भएका र विभिन्न आरोप लागेका व्यक्तिलार्ई इमान्दार वर्गले जनप्रतिनिधिको रुपमा स्वीकार गर्नुपर्ने अवस्था छ । के यो जनप्रतिनिधिहरूको धर्म हो ? के, यो जनताले चुनाब मार्फत दिएको जनादेशको सही पालना हो ? तपाईंहरूलाई राती निन्द्रा कसरी लाग्छ ? देशका कुना कुनामा आधारभूत औषधि नपाएर गरिब जनताले मृत्युवरण गर्नु परिरहेको छ, उनीहरूको जनप्रतिनिधि को हो रु उनीहरूको बारेमा तपाईंहरूले बोल्नु पर्दैन ? काम नैं नगरी तपाईंहरूलाई तलब र सुबिधा लिन अलिकति पनि लज्जाबोध हुन्दैन ? अहिले निर्बाचित देश भरीका सबै प्रतिनिधिहरू र नेताजीहरूलाई सोध्न चाहन्छु ।

तपाईंहरू बाटोमा वा गाडीमा हिंड्दै गर्दा कुनै साधारण जनताले तपाईलार्इ देख्दा उनीहरूको मनमा कस्तो सोच आउला रु उनीहरूले तपाईलार्इ देखेर यो मेरो आफ्नो अभिभावाक वा समस्याको समाधान दिन सक्ने सेवक हो भन्ने सोच्लान ? सोचे छन भने तपाईको जिन्दगी सफल भयो । बधाई छ । अर्को प्रश्न, धेरै जनताले तपाईको नाम सुन्दा टाउको बटारेर वा मुख बिगारेर हिंडे भने उनीहरूको सोच र मन बदल्न तपाई के के गर्न तयार हुनु हुन्छ ? तपाईंको राजनीतिको राज त्यही दिन देखि खुल्न थाल्नेछ । अनि तपाईहरुले बोक्ने रातो र सामान्य नागरिकले बोक्ने हरियो पासपोर्टबीचको अर्थपूर्ण भिन्नता यहींबाट स्पष्ट हुनेछ ।

त्यसैले हामी यहाँ प्रष्ट हुनु जरुरी छ, जनता र नेताको समस्या एउटै हो । तर समस्याको चुरो केलाएर समाधान गर्नु राजनीतिको मुल नीति हुनुपर्छ भन्ने बुझनु जरुरी छ । राजनीतिलाई व्यावसाय वा पेशा भन्दा पनि समाजसेवाका रुपमा हेरिनुपर्छ भन्ने सामान्य नागरिकले अनुभुत गर्न पाउनुपर्छ । राजनीति वा राजनीति गर्ने नेताहरुलाई सम्मानपूर्वक वा आदरपूर्वक हेर्ने र व्यवहार गर्ने अवस्थाको निर्माण पनि नेताहरुले नै गर्नुपर्छ । जनताले चुनेको प्रतिनिधि जनताकै सेवक बनेर जिम्मेवार बन्न सके देश समृद्ध बन्नेमा दुईमत छैन ।