८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सूचनाको हकसम्बन्धी ‘मोबाइल एप’ सार्वजनिक


0
Shares

‘फ्रिडम फोरम’ले बिहीबारदेखि उक्त ‘मोबाइल एप‘ ‘एन्ड्रोइड भर्सन’मा सार्वजनिक गरेको हो ।

‘एप’ ‘एन्ड्रोएड’ मोबाइलकर्ताले ‘प्ले स्टोर’बाट ‘आरटिआइ नेपाल’ टाइप गरी ‘डाउनलोड’ गर्न मिल्ने एपले सूचनाको हकका सैद्धान्तिक र व्यावहारिक पक्षबारे जानकारी गराउँछ ।

एपमा सूचनाको हकसम्बन्धी ऐन, नियमावली, सूचना माग्दा आवश्यक पर्ने निवेदन, नेपालमा सूचनाको हकको विकासक्रम, संविधानमा सूचनाको हकको व्यवस्था, सूचनाको हकको व्यावहारिक पक्ष, समाचार, सफलतालगायत सुविधा उपलब्ध छ ।

सूचनाको हकको व्यावहारिक प्रयोगलाई जनतासामु पुर्‍याउने उद्देश्यले एप निर्माण गरिएको फोरमले जनाएको छ । पत्रकारले आफ्नो व्यवसायलाई अनुसन्धानात्मक बनाउनका लागि उत्तिकै सहयोगी सो एप सार्वजनिक निकायलाई पारदर्शी र जवाफदेही बनाउन पनि गतिलो औजार हुने फोरमको भनाइ छ ।

परिवर्तित व्यवस्थानुरुप जनताका अधिकार स्थानीय तहमै गएका सन्दर्भमा निर्माण गरिएको सो एप सार्वजनिक निकायमाथि जनताको निगरानी बढाउनका लागि महत्वपूर्ण हुने विश्वास लिइएको छ । सूचनाको हकको प्रयोगसम्बन्धी आफ्ना अनुभव साटासाट गर्न र समस्या समाधानका उपाय खोज्ने सुविधासमेत एपमा उपलब्ध छन् । रासस