
अक्स्फामको सहयोगमा प्रयास नेपाल नामक संस्थाले खेतबारी जोत्नका लागि मिनी टिलरलगायत आधुनिक उपकरण वितरण गरिएको हो ।
जिल्लाका सिमान्तकृत चेपाङ तथा तामाङ समुदायलाई कृषिमा प्रविधियुक्त बनाउन सके उनीहरुको आयस्तर बढाउन सकिने भन्दै संस्थाले आधुनिक कृषि उपकरण वितरण गरेको जनाएको छ ।
किसानको समूह गठन गरी डिजिटल स्प्रे, एनालग स्प्रे, मिनी टिलर, मकै पिस्ने र धान कुट्ने मेसिनलगायत तरकारी खेती गर्न प्रयोग हुने विभिन्न कृषि औजार वितरण गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्