९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


फेसबुक मार्फत सामाजिक अभियानः गाउँमा आइपुग्यो एम्बुलेन्स (भिडियो)


0
Shares

रेणु श्रेष्ठ/ईमेज

गोरखा । अहिले सामाजिक सञ्जालको प्रयोग व्यापक रुपमा बढिरहेको छ । यसको प्रयोगबाट धेरै बेथिति र विकृतिहरु मौलाइरहेका पनि छन् ।

तर यसको नतिजा प्रयोगकर्ताको हातमा पनि निर्भर रहन्छ भन्ने कुरा गोरखामा युवाहरुले सामाजिक सञ्जालको माध्यमबाटै एम्बुलेन्स खरिद गरेर पुष्टि गरेका छन् ।  

पछिल्लो समय सामाजिक सञ्जालको सदुपयोग गरेर कसैले सकारात्मक प्रतिफल पाइरहेका छन् भने अर्कोतिर यसैको दुरुपयोगले गम्भीर किसिमका विकृति र विसंगति उत्तिकै देखिएका छन् ।

हाल अमेरिकामा रहेका विनोद अधिकारीसहितका स्थानीय युवाहरुले फेसबुक मार्फत शुरु गरेको सामाजिक अभियानका क्रममा  विदेशमा रहेका विभिन्न संस्था र व्यक्तिबाट सहयोग जुटेको थियो ।

ग्रनवल युनिर्भसिटी फ्रान्सका चिकित्साशास्त्रका विद्यार्थीहरु र मनोज एशोसिएसन फ्रान्सबाट १० लाख १२ हजार ४ सय रुपैंयाँ सहयोग प्राप्त भएको एशोसिएसनका संयोजक समेत धन बहादुर गुरुङ्गले जानकारी दिए ।

युवाहरुले चलाएको अभियानबाट जुटेको सहयोगले एम्वुलेन्स प्राप्त भएपछि बिरामीलाई अस्पताल पुर्‍याउन सहज हुने भएकाले स्थानीयवासी निकै आभारी छन् ।

सोही क्षेत्रका प्रतिनिधिसभा सदस्या तथा पूर्वप्रधानमन्त्री डा.बावुराम भट्टराइले बाटो, बिजुली, शिक्षा, स्वास्थ्य ,पानी, बैंक र सञ्चार ७ कुराको व्यवस्था सरकारले गर्नुपर्ने बताए । सामाजिक सञ्जालको सदुपयोगबाट यस्ता रचनात्मक सहयोग हुनु आफैँमा सराहनीय विषय हो ।