१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


साहित्यकार सिंहको ‘मौनता’ सार्वजनिक


0
Shares

शिवपुरी साहित्य समाजद्वारा राजधानीमा आयोजित एक कार्यक्रमबीच वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा, पुष्कर लोहनी, श्रीओम रोदन, वियोगी बुढाथोकी र जयदेव भट्टराईले उक्त कृति संयुक्तरुपमा विमोचन गरे ।

कार्यक्रममा प्रमुख अतिथि नगेन्द्रराज शर्माले लघु मन्तब्य दिँदै लेखकलाई शुभकामना दिए । यौनवादी साहित्यकार पुष्कर लोहनीले मुक्तक संग्रह मौनताको समीक्षात्मक टिप्पणी गरेका थिए ।

लेखक सिंहले ‘मौनता’मा फिजराल्ड शैली अनुसार मुक्तक लेखिएको बताए । उनले फिजराल्ड शैलीका मुक्तकमा सोह्र अक्षर रहने गरेको हुँदा आफूले पनि हरेक हरफमा सोह्र अक्षर नै प्रयोग गरेको उल्लेख गरे ।

समाजका अध्यक्ष साहित्यकार वियोगी बुढाथोकीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा श्रीओम रोदन, जयदेव भट्टराई र शंकर भारतीले बोलेका थिए ।