
-प्रज्ञा तिमल्सिना/ईमेज:
काठमाडौं, असार १६ । विद्यालय स्तरीय एसईई परीक्षा दिएका झन्डै ३८ हजार विद्यार्थीले यस बर्ष आपूmले चाहेको विषय पढ्न नपाउने भएका छन् ।
लेटर ग्रेडिङ् प्रणाली लागू भए यता यस वर्ष राम्रो नतिजा ल्याउन सफल भए पनि १ दशमलव ६ भन्दा तल ल्याउने विद्यार्थीले उच्च शिक्षा पढ्न नपाउने भएका हुन
कम्तिमा २ जिपिए ल्याएका विद्यार्थीले मात्र विज्ञान विषय पढ्न पाउने छन् । तर जीपीए २ ले मात्रै पनि विज्ञान पढ्न भने पाइने छैन ।
गणित र विज्ञानमा कम्तिमा सि प्लस आएको हुनुपर्ने छ भने अङ्ग्रेजी , नेपाली र सामाजिकमा भने डि प्लस सम्म भएपनि हुने छ ।
व्यवस्थापन पढ्न चाहनेहरुले कम्तिमा १ दशमलव ६ जीपए ल्याएको हुनुपर्ने भने गणित, अङ्गे्रजी ,नेपाली र सामाजिक शिक्षामा डि प्लस ल्याएको हुनुपर्ने छ ।
यस्तै मानविकी पढ्नका लागि पनि कम्तिमा १ दशमलव ६ ल्याउने पर्ने छ अङ्ग्रेजी , सामाजिक र नेपालीमा डि प्लस ल्याएको हुनुपर्ने राष्ट्रिय परीक्षा वोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले जानकारी दिए ।
यस्तै अङ्गे्रजी , गणित , नेपाली र सामाजिक विषयमा १ दशमलव ६ ल्याउने विद्यार्थीले होटल म्यानेजमेन्ट र टा«भल्स एन्ड टुरिजम विषय पढ्न पाउने छन् । तर व्यावसायिक प्राविधिक शिक्षा पढ्न चाहने विद्यार्थीले भने १ दशमलव ६ जिपिय मात्रै ल्याए पुग्छ ।
यस्तै शिक्षा विषय पढ्न चाहने विद्यार्थीले पनि १ दशमलव ६ जिपिय ल्याई नेपाली ,अङ्ग्रेजी र सामाजिक विषयमा भने डि प्लस ल्याउनु पर्ने प्रावधान रहेको छ ।
सबै भन्दा कम जिपिय ल्याएका विद्यार्थीले शिक्षा पढ्न पाउने व्यवस्था हुँदा दक्ष शिक्षक कसरी उत्पादन हुन्छन् भन्ने प्रश्न उठेको भन्दै पौडेले वि प्लस ल्याएका विद्यार्थी मात्र शिक्षा पढ्न पाउने प्रावधान राख्नुपर्ने बताए ।
गत बर्षको तुलनामा केही सुधार उन्मुख देखिएको एसईई परीक्षाको नतिजाका कारण सय बर्ष पनि धेरै विद्यार्थी पढ्न वाट बन्चित हुने देखिएको छ ।
राम्रो नम्वर ल्याएका विद्यार्थीले त राम्रो विषय छनोट त गर्न पाउछन् तर शिक्षा विषय पढ्ने विद्यार्थीका लागी जिपिय निर्धारण पुनमुल्याकन गर्न जरुरी छ छ ।
प्रतिक्रिया दिनुहोस्