
वाङ्मय प्रतिष्ठानले बजारमा ल्याएको उक्त नियात्रासंग्रहको शनिबार आयोजित एक कार्यक्रमबीच वरिष्ठ संस्कृतिविद तुलसी दिवसले लोकार्पण गरेका हुन् ।
नेपाली साहित्य जगतमा कलम चलाउँदै आएका लेखक आचार्यले नेपालदेखि भारतसम्मको यात्रामा साथीभाईसँग भएका खुशीका क्षणहरुलाई पुस्तकमा उतारेका छन् । टिप्पणीकार तथा साहित्यकार डा. लेखप्रसाद निरौलाले नियात्रा संग्रह नेपाली साहित्यिक जगतमा अर्को आयाम बनेको टिप्पणी गरे ।
सो अवसरमा रमेश गौतम पाल्पालीद्वारा लिखित ‘आलो पाउ’ कविता संग्रह, कृष्ण भण्डारीद्वारा लिखित ‘गीतमञ्जरी’ गीतीसंग्र्रहको पनि लोकार्पण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्