९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


तारणीप्रसाद कोइराला संचारग्रामको निर्माण समयमै सम्पन्न गर्न निर्देशन


0
Shares

विराटनगर, असार १६ । संचारमन्त्री गोकुल बास्कोटाले विराटनगरमा निर्माणधीन तारणीप्रसाद कोइराला संचारग्रामको निर्माण समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् ।

भवनको निरीक्षण र अवलोकनपछि उनले निर्माणमा बिलम्व नगर्न आदेश दिए ।  ठेकेदारले भने भवन तोकिएकै समयमा सकाउने प्रतिवद्धता जनाएको छ ।

अहिलेसम्म भवनको २२ प्रतिशतको काम सकिएको जानकारी दिइएको छ ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले समयमै निर्माण सकाउन अनुगमन गर्ने जानकारी दिए ।

१८ करोड २५ लाख ५२ हजार रुपैयाँ लागतमा १८ महिनाभित्र संचारग्राम बनाइसक्ने सम्झौता गरिएको छ ।

करिब चार कठ्ठा क्षेत्रफलमा निर्माणाधीन भवन स्टिल स्ट्रक्चरमा बनाइनेछ ।

२०७४ मंसिरबाट निर्माण थालिएको चार तल्ले भवन आगामी जेठसम्ममा बनाइसक्नुपर्नेछ ।