
काठमाडौं, पुस १९ । चीनले चन्द्रमाको यसअघि अध्ययन नगरिएको क्षेत्रमा सफलतापूर्वक रोबोटिक अन्तरिक्ष यान अवतरण गरेको जनाएको छ ।
उक्त मानवरहित ‘चाँग इ–४’ नामक यान चन्द्रमाको दक्षिणी ध्रुव ‘एटकेन बेसिन’मा अवतरण गरेको थियो ।
उक्त यानले सो क्षेत्रको भौगर्भिक अध्ययन गर्न र जैविक प्रयोग गर्न चाहिने उपकरण साथमा लगेको छ ।
चिनियाँ सरकारी सन्चारमाध्यम ‘सिन्ह्वा’ले उक्त अवतरणलाई ‘अन्तरिक्ष यात्राको महत्वपूर्ण कोसेढुंगा’ भनेको छ ।
चन्द्रमामा यसपटक पहिले अध्ययन नगरिएको परको क्षेत्रमा सो यान पुगेको छ ।
उक्त क्षेत्रमा जाने लक्ष्य राखेकै कारण सो अभियान विगतका अभियानभन्दा बढी जोखिमपूर्ण तथा जटिल मानिएको थियो ।
सन् २०१३ मा चाँग इ–३ नामक यानले चन्द्रमाको सजिलो क्षेत्रमा अवतरण गरेको थियो ।
अब चीनले त्यहाँबाट चन्द्रमाका चट्टान तथा धुलोका नमुनाहरू पृथ्वीमा ल्याउनेछ । चन्द्रमाको उक्त परको क्षेत्रलाई ‘अँध्यारो पाटो’ भनिन्छ ।
चन्द्रमाका दुवै पाटाहरूमा दिन र रात हुने गर्छ ।
चाँग इ–४ अभियानले त्यहाँको भन कार्मान क्रेटरको अध्ययन गर्ने लक्ष्य राखेको छ ।
उक्त क्रेटर वा खाल्डो चन्द्रमाको सुरुआती इतिहासमा भएको कुनै विशाल घटनाका कारण बनेको ठानिन्छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्