७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


काठमाडौं र पोखराबाट स्मार्टको फोरजी सेवा


0
Shares

कम्पनीले शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी परीक्षणकारुपमा कात्तिक १२ गतेदेखि काठमाडौं र पोखराबाट फोरजी सेवा सुरु हुने जनाएको छ ।

फोरजी सेवाका लागि प्राविधिकरुपमा सम्पूर्ण तयारी पूरा भएपनि केही समय परीक्षणकारुपमा सन्चालन हुने कम्पनीले जनाएको छ ।

केही समयपछि भने व्यावसायिकरुपमा यो सेवा देशैभर दिने कम्पनीले जनाएको छ ।

काठमाडौं र पोखरामा परीक्षणपछि नेपालगन्ज, चितवन र वीरगन्जमा पनि फोरजी सेवा विस्तार गर्ने जनाइएको छ ।

स्मार्टले ग्रामीण भेगमा सेवा प्रदान गर्दै आएको छ । सन् २०१३ मा कम्पनीले युनिफाइड लाइसेन्स प्राप्त गरेको थियो ।