१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


महाकवि देवकोटाका कृतिको विश्वव्यापीरुपमा प्रचार–प्रसार गर्नुपर्नेमा जोड


0
Shares

यसै सन्दर्भमा बिहीबार काठमाडौंमा नेपाल सांस्कृतिक संघले गरेको कार्यक्रममा सहभागीहरुले देवकोटाले नेपाली साहित्यमा पुर्‍याएको योगदानको स्मरण गरे ।

उनीहरुले विदेशी भाषामासमेत देवकोटाका कृतिहरुको अनुवाद एवं विश्वव्यापीरुपमा प्रचार–प्रसार गर्नुपर्नेमा जोड दिएका थिए ।

१९६६ साल कात्तिक २७ गते लक्ष्मीपूजाका दिन पण्डित तिलमाधव देवकोटा र अमरराज्य लक्ष्मीदेवी देवकोटाका साहिँलो छोराकारुपमा काठमाडौंको डिल्लीबजारमा देवकोटाको जन्म भएको थियो ।

१० वर्षको उमेरबाट साहित्य रचना गर्न थालेका देवकोटाका थुप्रै महाकाव्य, खन्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।

नेपाली साहित्यमा स्वच्छन्दतावादी, प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृति प्रेम र समाज सुधारका भाव पाइन्छ ।

देवकोटाका साहित्यिक रचनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन भएको पाइन्छ ।

तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, १० दिनमै ‘सुलोचना’ महाकाव्य र एकैदिनमा ‘कुञ्जिनी’ खन्डकाव्य रचना गर्नसक्ने अलौकिक क्षमता देवकोटामा थियो । उनको खन्डकाव्य ‘मुनामदन’ त नेपालमा धेरै बिक्री हुने साहित्यिक कृतिमा पर्दछ ।

महाकवि देवकोटाका प्रमुख कृतिमा सुलोचना, प्रमिथस, शाकुन्तल, महाराणाप्रताप, भक्त प्रह्लादलगायत ६ ओटा महाकाव्य र मुनामदन, कुञ्जिनी, सावित्री सत्यवान, वनकुसुमजस्ता २१ ओटा खन्डकाव्य छन् । उनका ६४४ ओटा फुटकर कविता भेटिएका छन् ।

यस्तै, उनले दुईओटा निबन्धसंग्रह र एउटा उपन्यास पनि रचना गरेका थिए । महाकवि देवकोटाको २०१६ साल भदौ २९ गते निधन भएको थियो ।