१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


लेखक जर्ज सान्डर्सको सत्य घटनामा आधारित उपन्यासलाई बुकर पुरस्कार


0
Shares

लिंकन इन द बार्डो नामको उपत्यासका लागि उनलाई बुकर पुरस्कार दिइएको हो । पुरस्कारको राशी ५० हजार अमेरिकी डलर रहेको छ ।

लघु कथाबाट आफ्नो लेखन शुरु गरेका सान्डर्सको यो पहिलो उपन्यास हो । उपन्यासमा अमेरिकी पूर्वराष्ट्रपति अब्राहम् लिंकनले आफ्ना छोराकोे मृत्युपछि भोगेको पीडा र उनको यात्राबारे चर्चा गरिएको छ ।

लिंकनका ११ बर्षीय छोरा विलीको सन् १८६२ मा वासिङ्टन डिसीमा समाधिस्त गरिएको थियो ।

५८ वर्षीय सान्डर्ससँगै यो पुरस्कारका लागि बेलायती लेखक अली स्मिथ र फियोना मोजले, अमेरिकी लेखक पाल आस्टर र एमिली फ्रिडलुन्ड र पाकिस्तानी मूलका बेलायती लेखक मोहसीन हामिद छनोट भएका थिए ।