
मंगलबार काठमाडौं नेवा जागरण मञ्चले राजधानीमा आयोजना गरेको कार्यक्रममा शताब्दीपुरुष डा. सत्यमोहन जाशीले सो पुस्तक सार्वजनिक गरेका हुन् ।
पुस्तक सार्वजनिक गर्दै शताब्दीपुरुष जोशीले राष्ट्रिय विभूति साख्वा र नेपाल संवत्लाई पुस्तकमार्फत् अन्तर्राष्ट्रियकरण गर्न सक्नुपर्ने बताए ।
लेखक मल्ल के सुन्दरले पुस्तकले साख्वाको ऐतिहासिकतालाई थप पुष्टि र प्रचार गर्ने दाबी गरे ।
जनकवि दुर्गालाल श्रेष्ठ, नेपाल भाषा एकेडेमीका चान्सलर चितरन्जन नेपाली, मानवअधिकारकर्मी पद्मरत्न तुलाधर र उद्योगपति लक्ष्मीदास मानन्धरले पनि नेपाल संवत्लाई अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिए ।
नेपाल संवत्का प्रवर्तक साख्वालाई २०५६ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले राष्ट्रिय विभूति घोषणा गरेका थिए भने २०६५ सालमा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्लाई राष्ट्रिय संवत् घोषणा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्