
शनिबार राजधानीमा आयोजित कार्यक्रममा देशभरका विद्यालयका विद्यार्थीहरुले ‘युवाको अभियान रक्तदानमा योगदन’ शिर्षकमा पठाएका कविताहरुबाट छनोट गरिएको थियो ।
ती मध्ये उत्कृष्ट १५ जना प्रतियोगीहरुले कविता बाचन गरेका थिए । कविता प्रतियोगितामा धनकुटा पाख्रीबासकी कुसुम रिजाल प्रथम, पोखराका विक्रम परियार द्धितीय र काठमाडौंका आशिष पन्त तृतीय भएका छन् ।
प्रतियोगिताका विजेताहरुलाई स्वास्थ्य राज्यमन्त्री रामसिंह यादवले पुरस्कार प्रदान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्