‘समाजसेवी’ कुनै मजाक होइन

आशन ग्रहणमा नाम, समाचारमा नाम ,मिडियामा नाम के यो लोकलाई देखाउनमात्र समाजसेवा हो रु एक हजार खर्च गरेको भए एक लाखको प्रचार खोज्ने कसरी समाजसेवी हुन सक्छ रु निस्वार्थी मान्छे समाजप्रति बफादार मान्छे किन प्रचारको पछि लाग्छ बुझ्नै सकिन्न । बिहान कहिकतैबाट सहयोग उठाउने अनि दिउँसो आफ्नो नामबाट सहयोग गरेको भन्ने लोकलाई देखाउने बेलुका आफू निकट पत्रकारलाई फोन गरेर समाचार बनाउन लगाउने यो कस्तो समाजसेवा हो ?

कोरोना संक्रमण, लकडाउन र चिया बहस

चिया खेती इलामको पहिचान हो । जिल्लाको प्रमुख नगदेवाली हो । सूर्योदय नगरपालिकाको आयस्रोतको मेरुदण्ड नै हो । जनताको बाच्ने आधार हो । नेपालमा उत्पादन हुने चिया राज्यको आर्थिक मेरुदण्डको हो । नेपालको ग्राहस्थ उत्पादन(जीडीपी) मा ०.०१०६ प्रतिशत योगदान चियाको छ । चियाको पहिलो उत्पादन र कलिलो मुनालाई गुणस्तरको हिसावले पनि धेरै महत्व दिइन्छ । तर विडम्वना चियामा आश्रित किसासनहरुले त्यसलाई टिपेर बेच्न धेरै समस्या झेल्दै आउनुपरिरहेको छ । अचानक हुने बन्द र आम हड्तालका कारण घरमै बसेर हुर्किदै गरेको मुनालाई टुलुटुलु हेरेर बस्नुको विकल्प छैन ।

बेलायतमा कोरोनाको त्रास : यस्तै छ नेपालीहरुको हाल

यहाँ बेलायतमा अस्पतालले जो बढी बाँच्ने सम्भावना छ उसको सबै उपचार गर्ने प्राथमिकता राख्ने रणनीति लिएछ । सबै अस्पतालमा चाप बढेर मृत्युको सम्भावना बढी देखिएपछि भेन्टिलेटर निकालेर ,अर्को बाँच्ने सम्भावना भएकोलाई प्राथमिकता दिने निर्णय गर्न स्वास्थ्यकर्मीहरुलाई भनिएको रहेछ । त्यसैले यताको अवस्था नाजुक छ। बाहिर हल्ला भएजस्तो खान नपाएकै जस्तो अवस्था चाहीं छैन् ।

कोरोनाको बहानामा स्वतन्त्र प्रेसको घाँटी निमोठ्ने प्रयास

अनि सरकार र सरकार संरक्षित सँस्थाहरु संविधानले दिएको नागरिक हकअन्तर्गतको अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्नेगरी अनलाइन र पत्रपत्रिकाहरुलाई कार्बाही गर्न थालिएको , वेब पोर्टलको डिजाइन गर्नेहरुले नै प्रसारित समाचारहरुलाई बन्देज लगाउन थालेका समाचारहरु नेपालमा आउन थालेका छन् ।

कोरोना कोषमा पूर्वराजा ज्ञानेन्द्रको २ करोड र धनकुबेर नेताका थकथकी !

अर्को च्याँठिन्छ, ‘हजारौं हजार जनता मारेर सत्ता र शक्तिमा पुगेपछि को कोसँगको अवैध साँठगाँठले अकूत सम्पत्ति थुपारेर धनकुबेर बन्नु भएको हो लौ बताउनुस् ?’ अर्को कुटौलाझैको भावमा कुर्लन्छ, ‘ए सर्वहारा क्रान्तिबाट नेता बन्नेहरुको धन्धा त यस्तो पो ? पाँच पाँच करोड दान गर्ने हैसियत के हो ? कुन दिनदेखि यस्तो नाफा कमाउने व्यापार थाल्नुभो ? जनता सिटामोलको गोली र जीवनजलको पोका नपाएर मर्ने तपाईहरु धनकुबेर बनेर सोस्ने ?’

लकडाउन र श्रमिकहरुका तर्फबाट सरकारलाई सुझाव

जुनसुकै परिस्थितिमा राज्य जनतासंग छ भन्ने अनुभूति सरकारले व्यवहारबाटै गराउनु सक्नुपर्दछ । बाहिरवाट नेपाल प्रवेश गरेका खण्डमा गरिने व्यवस्थापन अर्थात तय गरिएको वा निर्धारित गरेको कुराको पालना गर्नु पर्दछ । सरकारले मुलुक भित्र वा बाहिर बस्ने बीचमा सौताको व्यवहार गर्न पाउँदैन । चाहेको वेला आफ्नो मुलुक फर्किने कुनै पनि नागरिककोे मौलिक हक हो ।

अनुभूतिः कोठामा थुन्ने कोरोना, भुईंमा सुताउने भुईंचालो

फरक यत्ति छ, भुईंचालोले घरभित्र बस्न दिएन । कोरोनाले घर छाड्न दिएन । भुईंचालोले चौरमा सुतायो, कोरानाले ओछ्यानमा ढलायो । चार वर्षअघि घर नछिर भन्नेहरु अहिले घर नछाड् भन्दै छन् । भुईंचालोका पीडामा संसारले सकेको सघाए । कोरोनामा आफै पिल्सिए । भुईंचालोले गरिखानेलाई रोकेन, कोरोनाले हुँदाखानेलाई पनि दिएन । भुईंचालोले मानिसबीचको दूरी घटायो, कोरोना मानिसबीचकै दूरी खोज्दैछ ।

प्रिय डाक्टर, तपाईंहरुको हिरोइज्जम देशको अपेक्षा हो

तपाईहरुलाई हाम्रो सलाम, समर्थन, सद्भाव आदर र विश्वास छ । हामी सर्वसाधारण घर अर्थात बंकर भित्र रहेर युद्दरत छौं तर स्वास्थ्य सेवामा रहनु भएका तपाई स्वास्थ्यकर्मीहरु युद्दको अग्रमोर्चामा अत्यधिक खतरा मोलेर ज्यानको जोखिम मोल्दै सर्वजन हितायको मन्त्रसहित युद्द मैदानमा लड्दै हुनुहुन्छ । सबै मान्छेलाई झैँ ज्यानको माया तपाईहरुलाई पनि छ ।

के हो कोरोना भाइरस : नेपालमा कसरी नियन्त्रण गर्न सकिन्छ ?

कोरोना भाइरस भाइरसहरुको ठूलो परिवार भएकाले यसले मानिसको तल्लो श्वासप्रश्वास नलीमा संक्रमण गराउँछ । यो कोरोना भाइरस प्रत्यक्ष र अप्रत्यक्ष दुवैखालको हुने भएकाले यसले चुम्बन गर्दा आउने र्‍यालबाट आफ्नो नजिकको साथी वा परिवारबीच सूक्ष्मजीवको शारीरिक हस्तान्तरण गराउँछ भने संक्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा, संक्रमित व्यक्तिले छोएको ठाउँमा छँुदा अप्रत्यक्ष रुपमा यो भाइरस सर्ने गर्दछ ।

स्वदेशमै पिपिई निर्माण नगरे ‘कोरोना-युद्ध’ जित्न सकिन्न

नेपालमा अहिले संख्यात्मक हिसाबले सानो रहेता पनि कोरोना भाईरसको महामारीलाई यदि हामीले समयमै सावधानी पुर्‍याएनौ भने हाम्रो जस्तो मुलुक अनि श्रोत साधनले धान्ने कुरै छाडौं कहालीलाग्दो समय मात्र हुनेछ हामीमाँझ । ज्यादै थोरै समय मात्र हामीलाई उपलब्ध छ ।