पत्रकारहरुको विरुद्धमा गरिने कुनै पनि प्रकारको बाधा र हिँसाको अन्त्यका लागि पनि दण्डहीनता विरुद्धको आम चेतना वृद्धि गरौँ र समाजका सबै वर्गलाई यसका लागि आवाज उठाउने बनाऔँ । चेतनाले जुन काम गर्नेछ, त्यसकाले दण्डहीनताको अन्त्यका लागि काम अवश्य गर्नेछ ।
१२ वर्ष अघि मृगौला प्रत्यारोपण गरिएको शरीरले आज अर्काको मृगौला नचिनेर समस्या हुदै गरेको, बारम्बार समस्या निम्तिन थालेकोले प्रधानमन्त्रीको शरीरबाट अब धेरै कामको अपेक्षा गर्नु पनि हुन्न । उहाँ गल्नु भएको छ । रोगले भित्र भित्रै गालेको छ ।
संस्कृतिविद् रामभरोस कापडीका अनुसार साम्बपुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको श्रापले कुष्ठरोगबाट पीडित कृष्णपुत्र साम्ब सूर्यको आराधनाले रोगमुक्त भएको चर्चा गरिएको छ । मिथिला क्षेत्रमा कुनै पनि पूजा, अनुष्ठान इत्यादि गर्दा आरम्भमा शुद्धीकरण पछि सर्वप्रथम पञ्चदेवता र विष्णुको पूजा गर्ने प्रचलन छ । पञ्चदेवतामध्ये सूर्य पनि एक हुन् । सूर्यलाई आइतबारको देवताको रूपमा पनि चिनिन्छ ।
एकातिर हामी चीनसँग सुशासनका लागि सहयोग माग्दैछौँ, नेपालको पूर्वाधारका लागि धेरै कुरा मागिरहेका छौँ र चीनले पनि बेल्ट एन्ड रोड इनिसिएटिभका सहभागी भएका कारणले सहयोग दिने बचनबद्धता प्रकट गरेको छ । सिल्क रोडको बाटो हुँदै हामी नेपालीहरु विश्वको बजारमा सहजै सडकमार्फत् पुग्ने अपेक्षा गरिरहेका छौँ ।
चुनावमा हुने हिंसात्मक घटना, सबै राजनीतिक पार्टीले गर्ने बलमिच्याई र कुटपिट मारकाटलाई चुनावमा यस्तै हुन्छ यसलाई सहनु पर्छ भनेर कानुनी उपचारमा नलैजान अघोषित सहमति बन्यो । जसले गर्दा चुनावको खुन खराबीमा वृद्धि भयो र चुनाव उत्सवमय नभएर अपराधमय र युद्दमय त्राशदीको दिनको रुपमा परिचित बन्दै आतंक भय र त्राशको घडीमा बदलियो ।
निश्चित ठाउँमा स्वस्फूर्त सहभागी हुन चाहने कलाकारले सामाजिक सञ्जाल फेसबुकमा भएको स्याटरडे प्लेन एअर पेज र च्याट ग्रूपमा खबर गर्न सक्छन् । निश्चित ठाउँलाई क्यानभासमा उतार्न सोही अनुकूलको समय र नाउँ जुराएर योजना बुन्ने गरेको छ । काभ्रेको लागि जुराएको अभियानको नाउँ ‘सभ्यताको सौन्दर्य’ हो ।
संस्थाको विधि, विधान र हालसम्म कायम राखेको प्रतिष्ठामा थोरै भए पनि आँच आएको छ । सामाजिक संजालमा ब्यक्त भएका भावनाहरुलाई मात्र केलाउने हो भने एनआरएनए र यसका केही अभियन्ताहरुलाई क्षमा दिन सक्ने अवस्था देखिदैन ।
तराई मात्र देख्नेले पहाड स्वर्ग ठानेको हुनसक्छ, पहाडमा मात्रै बस्नेले तराई र शहरलाई सबै अवसरले ढाकेको ठम्याई हुन् सक्छ । हिमालका मान्छेले आफु बाहेक अरुलाई सुखी देखेको हुन सक्छ तर वास्तविकता यस्तो छैन । दुःख–सुखको चक्र, अभाव र कष्टको वेदना सबै ठाउँमा छ । यो सत्य हो सबै भूगोलमा अवसरको वितरण समान रुपले नभएको परिस्थिति हुनसक्छ जसको पहिचान गरेर समानुपातिक वितरण प्रणाली राज्यले अपनाउनु पर्छ ।
नेपालका सम्माननीय राष्ट्रपति भण्डारी र चीनका राष्ट्रपति सिका बीचमा द्विपक्षीय वार्ता पनि भए, प्रधामन्त्री केपी शर्मा ओली र महामहिम सिको उपस्थितिमा केही सम्झोता र सहमति पनि भए । गोप्य वार्ता पनि भए । २० बूँदामा कतिपय कुरा समेटिए । नेपालको आधारभूत संरचनाका लागि चीनले धेरै कुरा गर्ने तत्परता देखाएको पाइयो । हामीले विज्ञप्ति र सहमतिका बूँदाहरुलाई मात्र केलाउनु हुँदैन ।
विजया दशमी भन्ने शब्दले नै विजय प्राप्त गर्ने सुअवसरका लागि माता नवदुर्गासँग शक्ति प्राप्त गरी आफूलाई अप्ठेरो परेको विषयमा विजय प्राप्त गर्नका लागि सुरु गर्ने समय हो भनिँदै आएको छ । भगवान रामले रावण विजय गर्नका लागि देवीसँग शक्ति प्राप्त गर्न नौ दिनसम्म गहन आराधना गरी देवीबाट विजयी हुने आशीर्वाद पाएकाले नै रावणसँगको युद्धमा विजय प्राप्त सम्भव भएको लोक भनाइ छ ।