जनजागरणको अभ्यास-प्रजातन्त्रप्रतिको प्रतिबद्धता साबित होला ?

सम्भवतः प्रजातन्त्र खतरामा छ भन्ने सन्देश दिनका लागि यो जनजागरण अभियान गरिएको थियो होला तर स्वयं नेपाली काँग्रेसमा नै एउटै धारणा, एउटै विचार नदेखिँदा र सरकारका अप्रजातान्त्रिक काम कार्बाहीको विवरण प्रस्तुत गर्न प्रमुख विपक्षी चुकेको देखियो भन्ने पर्यवेक्षकहरुको धारणा छ ।

नेपालको समृद्धिमा कहाँ छ एनआरएनए ?

हुनत प्रवासीहरुको तन, मन, धन, स्नेह र माया स्वदेशप्रति धेरै नै छ भन्ने देखिन्छ । सन् १८१६ को सुगौली सन्धीपछि विदेशी सेनामा नेपालीहरु आबद्ध हुन थालेपछि नेपालीहरु विदेशिने क्रम सुरु भएको पाइन्छ । जब नेपाली विदेशिन थाले तब नेपालमा पनि केही सहायताहरु भित्राउन थालेका हुन् ।

धर्म परिवर्तनकोे सोपान बन्दै धर्म निरपेक्षता !

अहिले नेपाललगायतका कैयौं मुलुकमा क्रिश्चियन धर्मको अवैध व्यापार महामारीकै रुपमा फैलिरहेको छ । विगत २ सय वर्षदेखि युरोप र अमेरिकाले विज्ञान र प्रविधिको विकासमा विश्वकै नेतृत्व गरिरहेको छ । अहिले कुनै देशलाई भौगोलिक रुपमा आक्रमण गर्न सजिलो छैन । त्यसैले भौगोलिक आक्रमणबाट होइन सांस्कृतिक प्रहारबाट साम्राज्य फैलाउने रणनीतिका साथ उनीहरू अगाडि बढेका छन् ।

नयाँ राजनीतिक परिघटनाको सम्भावना देखिन थालेको हो त ?

हुन त दुईओटा दलहरु मिल्दा भएका सहमति पहिले नै सार्वजनिक गरेको भए पनि हुन्थ्यो तर त्यसलाई गरिएको थिएन । त्यसको स्मरण गर्ने बेला भने अर्का अध्यक्ष तथा मुलुकका प्रधानमन्त्री देश बाहिर गएको बेलामा होइन भन्ने कुरो पत्रकारले दाहाललाई सम्झाउने कुरो पनि होइन ।

दरबार हत्याकाण्डः दीपेन्द्रको सनक थियो कि अरुकै षडयन्त्र ?

यदि तत्कालीन युवराज दीपेन्द्र नै हत्यारा हुन भने तथ्यसंग जनताको साक्षत्कार हुनेछ र आम धारणा तथ्य र तर्कमा आधारित बन्नेछ अनुमान आरोप र स्वार्थ सिद्ध गर्न लगाइएका झुठो आरोपको पर्दाफास हुनेछ ।

दरबार हत्याकाण्ड आधुनिक युगको नसुल्झिएको एउटा रहस्य !

चाहे मदन–आश्रित दुर्घटनाको सन्दर्भ होस् वा दरबार हत्याकाण्ड वा त्यसपछि भएका यस्तै रहस्यको गर्भमा तुहाइएका अरु आपराधिक घटना, हामी नेपालीका लागि एकपछि अर्को दण्डहीनताको विरासत मात्र बनेको छ । यी काण्डहरु इतिहासका अरु कैयन् घटना जस्तै अर्को एउटा नसुल्झिएको गुत्थीका रुपमा मात्र नरहोस् ।

गरिवी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै रहन सक्दैनन्

गणराज्यहरुबाट सुरु भएको हाम्रो मुलुकको गौरवपूर्ण इतिहास प्राचीन सभ्यता, स्वतन्त्रता र उच्च मूल्यहरुद्वारा अनुप्राणित छ । जन्मसिद्ध श्रेष्ठताको पराधीन मानसिकता हाम्रो गौरवपूर्ण संस्कृति हुनै सक्दैन ।

नेत्रविक्रम, नमच्चाउ निहत्थाको हत्या श्रृंखला !

तिम्रा गोलीहरुले न त ओलीको सत्ताको भित्तो छुने छ न त दाहालको दैनिकीमा नै कुनै परिवर्तन ! या तिनले संरक्षण गरेका बेथितिको पर्खाल नै भत्कने छ । बरु उल्टै तिम्रा यही दूष्कर्मलाई देखाएर तिनलाई मुलुक लूट्ने अर्को सजिलो लाइसेन्स मिल्ने छ । त्यसैले फेरि आग्रह छ, छोड यो रक्तरञ्जित होलीको खेल । शान्तिपूर्ण बाटोबाटै मुलुकमा पन्पिएका यावत समस्याहरुलाई अन्त्य गर्ने बाटोमा लाखौं होइन करोडौं नागरिकलाई लाम लगाउने आन्दोलनको नेतृत्व लिउ ।

मोदीजी बधाई छ तर नाकाबन्दी नगर्नुस प्लिज

पोहोर नेपाल आउँदा पनि त्यसै भन्यौ । हामी स्वागत गर्छौ आफ्नो छिमेकी पाहुनालाई तर नाकाबन्दी बिर्सेका छैनौ । रगत, आँसु, पसिना र करुणा मिश्रित मसीले हामी अभिनन्दन लेख्छौ, स्वागत भन्छौ भन्यौ आज उनको भारतमा महाविजय हुँदा हामी छिमेकी हुनुको नाताले हार्दिक बधाई र शुभकामना दिन्छौ ।

छाया सरकार कसरी प्रभावकारी हुन सक्ला ?

समसामयिक विषयमा ठाडै आफ्नो प्रतिक्रिया व्यक्त गर्न नडराउने र अब नेपालमा नेकपाको कोही पनि सशक्त विपक्षी छैन भन्ने भ्रम पालेर बस्नु भएका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीबाट पक्कै नै कुनै राम्रै व्यंग्य आउला ।