पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा इरानमा प्रदर्शन, दुईको मृत्यु

इरानमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको घोषणासँगै भएको बिरोध प्रदर्शनका क्रममा दुईजनाको मृत्यु भएको छ । राजधानी तेहरानलगायत शिरजान शहरमा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीहरुले पेट्रोल डिपोमा आगजनी गरेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो ।

चिलीमा नयाँ संविधानका लागि जनमतसंग्रह घोषणा

यहाँको वर्तमान संविधान सन् १९८० मा जारी भएको हो । त्यस संविधानलाई तानाशाहले जबर्जस्ती जारी गरेको भन्दै अब प्रजातान्त्रिक संविधान बनाउने भनेर यो घोषणा गरिएको हो ।

ट्रम्पले कुटनीतिज्ञलाई धम्क्याएको आरोप, आलोचनात्मक ट्वीटले तरंग

महाअभियोग अनुसन्धानको क्रममा मरी योवानाविचको सुनुवाइ भइरहेका बेला ट्रम्पले ट्वीट गरेका हुन । उनले योवानाविचलाई धम्क्याउने खालको ट्वीट गरेको बीबीसीले जनाएको छ ।

श्रीलंकामा राष्ट्रपति चयनका लागि आज मतदान हुँदै

सन् २०१५ को निर्वाचनमा ८१ दशमलव पाँच प्रतिशत नागरिकले मतदान गरेको बताइएको छ । निवर्तमान राष्ट्रपति मैथीपाल सिरिसेनाको दल श्रीलंका फ्रिडम पार्टीले राजपाक्षेलाई समर्थन गरेको छ ।

रोहिंग्यामाथिको दमनमा म्यानमार छिर्‍यो अन्तर्राष्ट्रिय फौजदारी अदालत, नरसंहारको अनुसन्धान गरिने

नेदरल्याण्डको हेगमा मुख्यालय रहेको आइसीसीले रोहिंग्या समुदायमाथि भएको दमन र मानवताविरूद्धको अपराधबारे विस्तृत अनुसन्धान गरिनुपर्ने अभियोजनकर्ताको प्रस्तावलाई बिहीबार स्वीकृत गरेको हो ।

चीनमा आगलागी, पाँचको मृत्यु, तीन घाइते

पूर्वी चीनको आन्हुइ प्रान्तमा अवस्थित एक भवनमा शुक्रबार बिहान भएको आगलागीमा परी पाँच व्यक्तिको मृत्यु हुनुको साथै अन्य तीन घाइते भएका छन् ।

इजरायलले गरेकोे हवाइ आक्रमणमा इस्लामिक विद्रोहीसहित ३४ को मृत्यु

इजरायली र इस्लामिक जिहादी विद्रोहीबीच दुई दिनसम्म चलेको हमलामा सयौं परिवार बिस्थापित भएको बताइएको छ । मारिनेहरुमा स्थानीय रहेको बताइएको छ । गाजापट्टीमा भएको हमलामा घाइते भएका ६३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

बोलिभियामा राजनीतिक तनाब

नयाँ अन्तरिम राष्ट्रपतिको घोषणाविरुद्ध मोरालेजका समर्थक प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनकारी र दंगा प्रहरीबीच पनि विभिन्न ठाउँमा झडप भएको छ ।