साउदी अरेबियाका सयौं सैनिक हुथी विद्रोहीको नियन्त्रणमा !

हुथी विद्रोहीका प्रवक्ता कर्नल याहिया सारियाले साउदी अरबको नाजरान शहरबाट तीन वटा सैनिक ब्रिगेडले आत्मसमर्पण गरेको दावी गरेका हुन् ।

टेक्सासमा भारतीय सिख प्रहरी अधिकारीको गोली हानी हत्या

ड्युटीको समयमा ट्राफिक लाइटमा कार रोकी राखेको अवस्थामा अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेका हुन् ।

सार्क विदेशमन्त्रीस्तरीय बैठकमा भारत र पाकिस्तानका विदेशमन्त्री आमने–सामने हुनै चाहेनन्

भारतका विदेशमन्त्री एस जयशंकर बैठकको प्रारम्भमा उपस्थित थिए । उनले बैठकमा आफ्ना धारणा राख्दा पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरेसी भने उपस्थित थिएनन् । आफ्ना धारणा राखेर भारतीय विदेशमन्त्री जयशंकर बैठकस्थलबाट बाहिरिएपछि पाकिस्तानी विदेशमन्त्री बैठक कक्षमा प्रवेश गरेका थिए ।

इरानी राष्ट्रपतिसँग मोदीको भेटवार्ता

न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ७४ औं महासभामा सहभागी हुने क्रममा प्रधानमन्त्री मोदीले इरानी राष्ट्रपति रुहानीसँग भेटवार्ता गरेका हुन् ।

अमेरिकी राष्ट्रपतिमाथि महाभियोग लगाउने उद्देश्यसहितको उजुरीमाथि छानविन

उजुरीले निम्त्याएको चिन्ता र परिणामहरुबारे अमेरिकाका एक वरिष्ठ गुप्तचर अधिकारीले पहिलो पटक आफ्ना धारणा सार्वजनिक गरेका छन् ।

दुई वर्षको अवधिमा ३० जनाभन्दा बढीबाट बलात्कृत बालिकाले आमासँग माफी मागिन्

ती बालिका पछिल्लो दुई वर्ष यता पटक पटक बलात्कारको शिकार भएकी हुन् । उनलाई विभिन्न व्यक्तिले बलात्कार गरेको बताइएको छ । बलात्कार गर्नेमा ती बालिकाको पिताका साथीसमेत रहेको प्रहरीको भनाइ छ ।

अमेरिकी र युक्रेनी राष्ट्रपतिबीचको टेलिफोन वार्ता सार्वजनिक

जसमा राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई अमेरिकी राष्ट्रपति निर्वाचनमा आफ्ना सम्भावित प्रत्यासी जो बाइडन र एक युक्रेनी ग्यास फर्ममा काम गर्ने उनका छोराविरुद्ध जाँच सुरु गर्न आग्रह गरेका छन् ।

पाकिस्तान भूकम्पमा मर्नेको संख्या २८ पुग्यो, ४७६ भन्दा बढी घाइते

पूर्वी पाकिस्तान र भारतमासमेत झड्का महसुस भएको थियो ।

चीनमा ९८ ओटा फुटबल मैदान बराबरको विशाल विमानस्थल सन्चालनमा

डासिङ विमानस्थलमा एउटै भवनमा संसारकै सबैभन्दा ठूलो टर्मिनल भएको बताइन्छ ।

इन्डोनेसियामा प्रस्तावित विधेयकको विरोधमा व्यापक प्रदर्शन (फोटोफिचर)

प्रस्तावित विधेयकमा विवाहपूर्व यौनसम्बन्धलाई गम्भीर अपराध मानिएको छ । गर्भपातमा पनि विधेयकले कडाइ गरेको छ ।