८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


किन डाक्टर केसीको निष्ठाले सधै परीक्षा दिइरहनु पर्छ ?


0
Shares

डाक्टर केसीको बहुलापनमा देशको माया छ तीन करोड नेपालीको स्वार्थ नै डाक्टर केसीको आफ्नो स्वार्थ हो । आफ्नो निष्ठा हो । आरधना हो । पूजा हो । ध्यान अनि योग हो । त्याग र तपस्या अनि अनवरत ब्रत हो । राजनीतिक हस्तक्षेप बन्द गरी वरिष्ठताका आधारमा आईओएममा डीन नियुक्त गर्नुपर्ने माग लिएर २०६९ असार २१ गते सुरु भएको आमरण अनशनको अटुट क्रम र शृंखला अहिले १३ औं चरणमा प्रवेश गरेको छ । अनशनको प्रारम्भिक चरणमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका विद्धान नेता डा। बाबुराम भट्टराई प्रधानमन्त्रीमा आसिन थिए । शुरुमा आफु कार्यरत संस्था शिक्षण अस्पताल महाराजगन्जमा भएको बेथिति र विसंगति, नांगो राजनीतिक हस्तक्षेपका विरुद्द सत्याग्रह थालेका केसी आज सिंगो देशको बेथिति, असंगति र अनाचारका विरुद्द धावा बोल्दैछन ।

स्वास्थ्य र शिक्षामा देखिएको चरम शोषण, मनपरीतन्त्र र अराजकताको खिलापमा उत्रेका केसी आज पुरै देशको आवाज मुखरित गर्ने आवाज बनेका छन् । आस्था र विश्वासको धुकधुकी भएका छन् । जनजनको ममता र स्नेहको स्पर्श भएका छन् । यस बीचमा देशको बागडोर थुप्रै साम्यवादी, समाजबादी, बहुदलीय र निर्दलीय व्यक्तिले समेत सम्हाल्ने मौका पाए । नेपालको संबिधानसभाले आफैंले जनताको प्रतिनिधि भएर अग्रगामी र गणतान्त्रिक संबिधान पनि जारी गर्यो र मौलिक हकको रुपमा शिक्षा र स्वास्थ्यलाई संविधानको धारमा मै उल्लेख गर्न मन्जुरी जनायो र लेखियो पनि । तर संबिधानमा जे लेखियो, नियम कानुनमा जे उल्लेख गरियो, सो मुताबिक राज्य निम्नतम रुपमा पनि संचालन हुन् सकेन ।

राज्यमा ठूलाठूला पद र ओहोदामा पुग्नेहरु न्याय सच्चाई र धर्मका असली नायक बन्न सकेनन् । सवर्त्र अराजकता हावी भयो फैलियो । सिद्दान्त सत्ताको भर्याङ चढ्ने खुट्किलो मात्र हुन् पुग्यो ब्यबहार र सिद्दान्त आदर्श बिचको फराकिलो दुरी उलेख्य रुपमा बढ्दै गयो । स्वास्थ्य जस्तो अत्यन्त संबेदनशील विषयमा व्यापार र ब्याबसाय गर्ने नाफा कमाउने पसल उद्योग र कारखानाको रुपमा विकास गरियो । शिक्षाको निजीकरण गरि प्राज्ञिक क्षेत्रलाई तहस नहस गरी नाफा गर्ने छिटोभन्दा छिटो पैसा कमाउने व्यवसायमा परिणत गरियो । समाजका उद्योगी, ब्यबसायी र राजनीतिकर्मीको मिलेमतोमा स्वास्थ्य र शिक्षा जस्तो पवित्र सेवा मुलक क्षेत्रलाई ठुलो व्यापार ब्यबसाय र चालु आर्थिक उत्पादनको क्षेत्र तोकीयो जसले गर्दा स्वास्थ्य र शिक्षा बढीजसो नाफाखोर दलालको हातमा पुग्यो ।

संबिधानमा प्रत्याभूत गरेको व्यवस्था अति महँगो र सामान्य मान्छेको पहुच बाहिर पुर्याइयो । समाजमा डाक्टरी पढ्न र अरु विश्वविद्यालय स्तरीय शिक्षा पढ्न पैसाको मात्र चलखेल र माध्यम बन्न पुग्यो । क्षमता हुनेले भन्दा पैसा हुनेले मात्र शिक्षा प्राप्त गर्ने वातावरण बन्यो । सरकारी सुबिधा र सेवाका अस्पताल र कलेज भन्दा अत्याधिक बढी निजी अस्पताल र कलेजहरु भए । शिक्षा र स्वास्थ्यको व्यापार बन्यो जसले गर्दा ‘सेवा भन्दा ढेवा’ ९पैसा० मा सेवा र सुविधाको क्रय–विक्रय चल्न थाल्यो ।

सामान्य गरिब नेपाली जनताको लागि शिक्षा र स्वास्थ्य अति महँगो र दुर्लभ बन्न गयो । डाक्टर केसी जनताको स्वास्थ्य र शिक्षा सरकारको मातहत जनताको हातमा हुनुपर्छ भनेर बारम्बार कराईरहे, चिच्याई रहे । आजसम्म डाक्टर केसीले जे जे माग राखे जे जे आवाज उठाए ती सबै जनताबाट अनुमोदित भए । सरकार पनि जनसमर्थन र डाक्टर केसी प्रति जनताको अपार विश्वास र आशा देखपछि सधैं तर्सन्छ र डाक्टर केसीको माग जायज छ भनेर स्वीकार गर्छ । अनि माग पुरा गर्ने वाचा बन्धन गरेर सम्झौता गर्छ तर कार्यन्वयन गर्न भने सधै आनाकानी गर्छ । जनताको लागि डाक्टर केसी मार्फत सेवा र सुबिधाको चेक त दिन्छ तर त्यो चेक साटन नसकिने सँधै फर्जी र कागजको खोस्टो साबित हुन्छ । धेरैपटक जनता र बिद्यार्थी त्यो चेक बौन्स हुन्छ ।

सरकार किन सधै फर्जी बचनबद्धता र जाल झेल गर्छ ?

डाक्टर केसी अनशन बसेको अहिले १३ औं पटक हो । यो १३ पटकमा राज्यले केसीसँग नौ पटक सम्झौता गरेको छ । अनशनको क्रमभंगता भने विशेष देशको परिस्थिति दैवी प्राकृतिक र राजनीतिक हत्या हिंसाको कारण भएकोले सम्झौता नवौं पटकसम्म भएको हो । जनताको सामू कसम खाएको छ, माग पुरा गर्छु भनेर । यस बीचमा थुप्रै सरकार प्रमुख बने । थुप्रै शिक्षा र स्वास्थ्य मन्त्री बने सबैखाले सिद्दान्त र बाद बोक्नेले राज्य हाँके तर फरक यति रह्यो भयो । सबैले सम्झौता गरे कबुल गरे तर ब्यबहार र कार्यन्वयनमा केहि र कोहिले मात्र मुद्दालाई लैजान सफल भए तर अधिकांश माग र मुद्दा आज पनि ज्यु क त्यू छ ।

बागडोर सम्हाल्नेहरुको पात्रता भिन्न भयो । पार्टी भिन्न भयो तर प्रवृति के समाजबादी, के साम्यवादी वा के धनबादी के डनबादी सबको सब उही । ‘जुन जोगी आए पनि कान चिरेकै’ हुने फुस्रो खरानी दलेकै देखिने । सरकार सम्झौता गर्छ तर कार्यन्वयन गर्दैन । किनकी सरकार यो अत्याधिक नाफामुखी बिजनेसबाट आफुले पनि प्रत्यक्ष अप्रत्यक्ष लाभ उठाउन लागिपरेको छ । सरकार सबद्ध पार्टी र सरकार मात्र होइन यो देशका ठूलाठूला पार्टी र तिनका नेता कार्यकर्ता स्वयं यो क्षेत्रमा आफ्नो व्यापार ब्यबसाय गरेर लाभको तर मारिरहेका छन् । पार्टी र नेताले तिनको संरक्षण गरिरहेका छन् ।

शिक्षा र स्वास्थ्यको क्षेत्रलाई नाफा मुखी ब्यबसाय बनाएर पार्टीहरुले गम्भीर र अक्षम्य अपराध गरेका छन् जसको प्रमाण घाम जत्तिकै प्रस्ट छ । आफ्ना नेता कार्यकर्ताले गरेको भए पछि जस्तो भए पनि राज्यले छूट दिनु पर्ने र जे गरे पनि हुनेछ भन्ने पछिल्लो प्रमाणको रुपमा नेशनल मेडिकल कलेज घट्टेकुलोमा हेर्दा थाहा लाग्छ । ‘गाई गोठ’ बनाउन मापदण्ड चाहिन्छ । चर्पी बनाउन मापदण्ड मान्नुपर्छ तर स्वास्थ्य सेवा दिने र डाक्टर पढाउने विशेषज्ञ डाक्टर उत्पादन गर्ने भवन बनाउन कुनै मापदण्ड नचाहिने रु केवल नेता र पार्टीको आशिर्बाद र संरक्षण र कनेक्सन भए पुग्ने रु हामी कस्तो समाज र राज्यमा छौ । हाम्रो विडम्बना १ हाम्रो स्वास्थ्य कस्तो हातले जाच्छ रु

एउटा सामान्य स्वास्थ्य चौकीमा जति पनि स्वास्थ्य उपकरण र प्रबिधि अनि जनशक्ति नभएको ठाउँमा कस्तो डाक्टरी पढाई चल्छ रु नेताहरुको विवेक किन यति घटिया नीच र ‘द्रब्यपिचासमुखी’ बनेको होला हामी कल्पना गर्दा मात्र पनि आङ कमाउछौ । ठुलो रकमको चलखेल र चरम नाफामुखी व्यवसायको रुपमा मेडिकल कलेज संचालन गर्ने हालको व्यवस्था र परिपाटी भएकोले संसदबाट अत्याधुनिक चिकित्सा बिधेयक आउन नदिन आए पनि आफ्नो ब्यापारिक स्वार्थ र चंगुलको घेरामा राखेर पारित गराउन सो विधेयकलाई समितिमा नै पेन्डुलम बनाएर राख्न । वा तुहाउन माफिया दलाल र दलाल संसदहरुको ज्यादै जोखिमपूर्ण चलखेल किनबेच र जालझेल रहेको हुन्छ । डाक्टर केसी त्यसै बहुलाएका त होइन नि रु डाक्टर केसी भन्ने गर्छन ‘यहाँ नेताको भेषमा माफिया छन ।’ माफियाको भेषमा नेता छन् । छुटयाउन नै गाह्रो छ । झट्ट सुन्दा डाक्टर केसीको यो भनाइ कुनै आग्रहले बोलेका हुन् कि झैं लाग्छ तर नेता पार्टी र सरकारको व्यबहारलाई हेर्दै जादा, बुझ्दै जाँदा यो आश्चर्य झैँ लाग्दैन यथार्थ देखिन्छ ।

राज्य सरकार, पार्टी र नेताहरुकै बेमानी, छलकपट, जालझेल र निहित स्वार्थलाई मुख्य ठान्ने कारणले नै डाक्टर केसी आफ्नो जीवनलाई पटक पटक दाउमा राख्न बाध्य छन् । डाक्टर केसीका अनन्य सहयोगी, संयोजक सोलिडारिटी फर डाक्टर केसी एलायान्सका डाक्टर जीवन क्षेत्री भन्छन,‘ ‘चौतर्फी दबाब र अन्तिम समयमा डाक्टर केसीको जीवन जोगाएर आफू अबगालबाट जोगिन मात्र सरकार करबल ले सम्झौता गर्छ । अन्ततः निहित स्वार्थको लागि माफियाकै संरक्षणमा उभिन जान्छ । तसर्थ भन्न सकिन्छ सरकारमा जुनसुकै पार्टी बसुन प्रतिपक्षमा जो सुकै बसुन माफियाको स्वार्थको लागि पार्टीहरुबीच अघोसित तर बन्दिलो संरक्षण र समर्थन छ जसको कारण चिकित्सा शिक्षा सम्बन्धि राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलका संयोजक केदार भक्त माथेमा कार्य दलले सुझाएको प्रतिबेदनको आधारमा राष्ट्रिय चिकित्सा शिक्षा बिधयक पास गर्न सरकार सधै खुट्टा कमाउछ ।

आजसम्म क-कसले ‘फर्जी सम्झौताको चेक’ दिए ?

२०६९ असार २४ मा डाक्टर बाबुराम भट्टराई, २०७० माघ १० खिलराज रेग्मी ,२०७१ फाल्गुन १९, सुशील कोइराला, २०७३ सुन १० केपी शर्मा ओली, २०७३ असोज २२ पुष्पकमल दाहाल उर्फ प्रचण्ड, २०७४ साउन शेर बहादुर देउवा । यसरी सबै ठुला पार्टी अनि साना र झिना मझौला सबै पार्टीहरुको सहयोग र समर्थनमा बनेका सरकारले डाक्टर केसी सँग सम्झौता गरेका छन तर कार्यान्वन गर्न सकेका छैनन् । यसरी राज्यले सधै झुक्याउने छलाउने गलाउने रणनीति अख्तियार गरेर नैतिकता पैसाको बिटोमा साटे पछि डाक्टर केसी क्रुद्ध हुन्छन र असाइतमा साइत देख्छन घोषणा गरेर नै बहुलाउछ्न । सत्य माथि असत्यले प्रहार गर्दा मन थाम्न सक्दैनन् यी मनुवा बहुलाउछन् । बहुलाउनु यिनको धर्म र क्रमिक शिलशिला बन्दैछ ।

डाक्टर केसी किन चिकित्सा शिक्षा बिधेयक चाहन्छन ?

govinda-kc-final-final-super-final

चिकित्सा शिक्षा बिधेयक पास भएर ऐन बनेपछि पहिलो पल्ट राज्यले स्वास्थ्य र मेडिकल शिक्षाको विकेन्द्रीकरणलाई कानुनी रुपमा स्वीकार्ने छ र देशका सबै भूभागमा स्वास्थ्य संस्था र डाक्टरहरु पुर्याउन सम्भव हुनेछ । जसको कारण घर खेत बेचेर वा बन्दकी राखेर महँगो स्वास्थ्य उपचार गर्न शहर धाउनुपर्ने बाध्यता कम हुनेछ । जनताको स्वास्थ्य र शिक्षामा पहुच बढ्नेछ । चिकित्सा शिक्षा ऐन आएपछी छात्रवृत्तिको सिट बढ्नेछ । अब्बल विद्यार्थी अवसरको ढोका खुल्नेछ भने मध्यम बर्गका विद्यार्थीले शुलभ शुल्कमा डाक्टर पढ्न पाउनेछन ।

मनपरी आफुखुशी र बिना प्रतिस्पर्धा र जबरजस्ती पैसाको बलमा डाक्टरी सर्टिफिकेट किनबेच हुने सम्भावना कम हुनेछ । जसको कारणले योग्य डाक्टरबाट स्वास्थ्य सेवा लिने वातावरण बन्नेछ । मेडिकल कलेज जथाभावी खोल्न र त्यसलाई व्यापार ब्यबसाय बनाउन पाइने छैन । मेडिकल कलेजले लिने शुल्क सामयिक र एकरुपतामा आधरित हुनेछ । मेडिकल शिक्षा सेवामुलक र लोक कल्याणकारी रुपमा रहनेछ । डाक्टर केसीको सत्याग्रहको उदेश्य कसैलाई छेक्नु, कसैलाई रोक्नु र कसैको एकाधिकार स्थापित गर्नु होइन । बरू सबै जनता र विशेषगरी पछी परेको क्षेत्र र भूगोल अनि जनताको बस्तीमा सर्वसुलभ स्वास्थ्य र शिक्षा पुग्नुपर्छ भन्ने हो । राज्यका नियामक निकायले सुब्यवस्तित ढंगले नियमन गरुन सबैलाई नियम कानुनको परिधिभित्र राख्न सकियोस ।

कुनै पनि निकायमा राजनीतिक भागबन्डा र स्वार्थको आधारमा पदाधिकारी नआउन स्वच्छ र बरिस्ठ अनि क्षमतावानले राज्यका निकायहरु संचालन गरुन । पारदर्शिता इमान्दारिता र सुसशासन चलोस् भन्ने पवित्र मनशाय हो । डाक्टर केसीले भनेका छन, ‘बरु मलाई गोली ठोक, रुखमा लगेर झुड्याउ ,जेलको चिसो छिडीमा लगेर कोच’ म मान्न तयार छु मन्जुर छु ।

यदि मैले मेरो लागि, मेरो व्यक्तिगत स्वार्थ र फाइदाको लागि , मेरो पारिवारिक र कुनै स्वार्थ समुहको लागि मेरो सत्याग्रह प्रायोजित भएको प्रमाणित भएमा । हैन भने गरिब नेपाली जनताको स्वास्थ्य र शिक्षाको अधिकारलाई ठगिखाने , मागीखाने, कालो व्यापार गर्ने अनि मृत्युको भय, डर, त्राश , देखाएर पैसाको मोलमोलाई गर्ने अखडा बनाउन मलाई किमार्थ मन्जुर छैन । तीन करोड नेपाली दिदीबहिनी, दाजुभाइ, आमा ९बाको स्वास्थ्यको खातिर मेरो ज्यान बलिदान गर्न हरहमेसा तयार छु । मेरो ज्यानको माया नगरेर नै म देशको माया गर्छु । मलाई थकाउने गलाउने भगाउने कुचेष्टा नगरियोस । डाक्टर केसी तपाई हाम्रा लागि लडेका हुन् तपाई हाम्रो पनि यो देशको प्रति दायित्व र कर्तब्यहरु छन जति अधिकार ।

तसर्थ सारा नेपालीको लागि मर्न तयार हुने गोविन्द केसीलाई बचाउने हाम्रो धर्मको निर्वाह गरौ । अशिष्ट र दुष्टहरुले उनको शिष्ट सौम्य र शालीन प्रस्तुतिलाई भद्दा मजाक बनाई बसेको छन् । उनि भोक भोकै लडेका छन् । हामी खाएर लडौं, आवाज मुखरित गरौं । गोविन्द केसी गुमाएर भोली चुकचुकाउनु भन्दा उनलाई बचाएर हाम्रो स्वास्थ्यको रक्षा गरौं । हाम्रा लागि मर्न तयार मान्छेको जीवन रक्षा गरेर राज्यसत्तालाई चोटिलो दबाब सिर्जना गरौ । उपयुक्त कार्यकारण सम्बन्ध घटना र परिघटनाको कारण पनि आफ्नो जीवन मरणको दोसाधमा राखेर डाक्टर केसीले आफ्नो इमान र निष्ठाको परीक्षामा सधैं सामेल हुनुपरेको छ ।