
सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको नोट ८ मा १२ मेगा पिक्सेलको डुयल क्यामरा र ८ मेगा पिक्सेलको फ्रन्ट क्यामरा रहेको छ ।
एन्ड्रोएड ७.१ अपरेटिङ सिस्टम रहेको नोट ८ मा ग्राहकको आवश्यकताअनुसारका विशेषता रहेको नेपाल कार्यालयका डेपुटी जनरल म्यानेजर प्रणयरत्न स्थापितले बताए ।
आगामी असोज २४ गतेदेखि बजारमा उपलब्ध हुने पनि स्थापितले बताए ।
मोबाइलको बजार मूल्य १ लाख ३ हजार रुपैयाँ रहेको छ ।
बैंकमार्फत् किस्ताबन्दी योजनामासमेत खरिद गर्नसकिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्