
‘नेपालभाषा टाइम्स’ दैनिक र ‘सन्ध्या टाइम्स’ सन्चार सहकारीको संयुक्त आयोजनामा आगामी शनिबार पाटन दरवारभित्र केशवनारायण चोकमा नेपालभाषा साहित्य महोत्सव हुन लागेको हो ।
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीबाट उद्घाटन हुने उक्त कार्यक्रम ६ चरणमा सम्पन्न हुने छ । साथै उपन्यासकार मल्ल के.सुन्दरको ‘द पोष्टर’ तथा कवि वसन्त चौधरीको नेपालभाषामा अनुवादित कविता संग्रह ‘वसन्त’को विमोचनसमेत गरिने आयोजक नेपालभाषा टाइम्सले जनाएको छ ।
पहिलो चरणमा प्राध्यापक प्रेमशान्ति तुलाधरले नेपालभाषा साहित्यको परिचय गराने छन् भने दोस्रो चरणमा ‘भोलीको नेपालभाषा साहित्य’ नेपालभाषा विषयक अन्तरक्रियासमेत हुने बताइएको छ ।
तेस्रो चरणमा नेपालभाषाका नेवार श्रष्टाहरुसँग छलफल कार्यक्रम राखिएको छ । सहजकर्ताका रुपमा कवि नवीन चित्रकारले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कूलपति साहित्यकार सरुभक्त, कवि स्नेह साय्मी, जलेश्वरी श्रेष्ठ, र श्रीओम रोदनबीच अन्तरक्रिया गर्नेछन् ।
त्यसैगरी, चौथो चरणमा कवि दुर्गालाल, वरिष्ठ साहित्यकार पूर्ण वैद्य, मथुरा सायमी, नर्मदेश्वर प्रधान, राजभाई जकःमि, गणेशराम लाछि, शशिकला मानन्धर, सौरभ शाक्य, सुधीर ख्वबि, प्रतिसरा सायमी, केशरत्न शाक्यलगायतले रचना वाचन गर्नेछन् ।
अन्तिम चरणमा गायक पवित्र कसाः, गायिका रिता महर्जनका साथमा लोकप्रिय सांगीतिक समूह कुटुम्बको सांगीतिक प्रस्तुति रहनेछ ।
महोत्सवमा नेवार परिकारहरुका साथै पुस्तक प्रदर्शनीसमेत गरिने आयोजकले समुहले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्