
नेपाल भाषा ‘मंका खलः तथा नःलि’ साहित्यिक मासिक पत्रिकासँगको सहकार्यमा आज कार्यक्रम आयोजना गरिएको थियो ।
महाकवि महाजुको जन्म जयन्तीको अवसरमा आज विहान नेपाल भाषा ‘मंकाः खलः’ले प्रभातफेरी र भोटाहिटीस्थित महाकवि महाजुको प्रतिमामा माल्यार्पण गरिएको छ ।
साँझ भोटाहिटीस्थित सिद्धिदास चोकबाट दीप र्याली आयोजना गरी दिपावली मनाइने आयोजक सिद्धिदास स्मृति समाजले जानकारी दिएको छ ।
त्यसैगरी, भक्तपुरमा सिद्धिदास प्रतिष्ठानले गोष्ठीको आयोजना गरेको छ । कार्यक्रमका प्रमुख अतिथि वाङ्मय शताब्दि पुरुष सत्यमोहन जोशीले “भाषा बाँचे जाति बाँच्छ” भनी बुझाउने सिद्धिदास महापुरुष भएको बताए ।
सिद्धिरामायण महाकाब्य, सज्जन हृदयाभरण, सत्यसती, शिवविलास कथालगायत उनका दर्जनौं कृतिहरु रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्