
बीपी कोइराला स्मृति ट्रष्टले बुधबार राजधानीमा गरेको बीपी साहित्य सम्मान तथा सेनानी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापतिसमेत रहेका उनले बीपीको विचारलाई कार्यान्वयन गर्नसकेमात्र मुलुकको विकास हुने बताए ।
प्रधानमन्त्री देउवाले पछिल्लो समय नेपाली कांग्रेसले बीपीको बाटो बिराएको भन्ने आरोप लागेपनि आफूहरु बीपीकै बाटोमा अघि बढिरहेको दाबी पनि गरे ।
कार्यक्रममा बीपी साहित्य सम्मान पुरस्कार प्रा.डा. अभि सुवेदी र बीपी सेनानी सम्मान पुरस्कार तीर्थराज ज्ञवाली चैतुलाई प्रदान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्