२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


धादिङमा पहिरोले तीन घर पुरियो


52
Shares

धादिङ, भदौ १ । धादिङ, त्रिपुरासुन्दरी गाउँपालिका–४, छापथोकमा शुक्रबार बिहान पहिरो जाँदा तीन घर पुरिएको छ ।

स्थानीय देवबहादुर आले, तालबहादुर आले र टीकाबहादुर आलेको घरमाथिबाट आएको पहिरोले पुरिएर उनीहरुको घर पूर्णरुपमा क्षति पुगेको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भु थापाले जानकारी दिए ।

घर पुरिएको सूचना पाएपछि प्रहरी टोली घटनास्थलतर्फ गएको छ । रासस